• १३ साउन २०८१, आइतबार

नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार सार्वजनिक

blog

काठमाडौँ, पुस ५ गते । नेपाली गीत/सङ्गीतका क्षेत्रमा विशिष्ट योगदान पु-याउने स्रष्टाहरूलाई प्रदान गरिने नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार–२०७८ सार्वजनिक गरिएको छ। नेपाली सङ्गीतका सिद्धहस्त नातिकाजी श्रेष्ठको ९८औँ जन्मजयन्तीका अवसरमा आइतबार सो सम्मान तथा पुरस्कार घोषणा गरिएको हो। ‘नातिकाजी राष्ट्रिय विशेष सङ्गीत सम्मान–२०७८’ मनबहादुर मुखिया, दीप तुलाधर, प्रदीपराज पाण्डे, फणीन्द्र राई, बिके राना, कन्हैयासिंह परियार, शुभ मुकारुङ र अमर बान्तुलाई प्रदान गरिनेभएको छ। एकनारायण भण्डारी, कालीप्रसाद बास्कोटा, राज सिग्देल र माण्डवी त्रिपाठीलाई नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार–२०७८ प्रदान गरिनेछ।

त्यस्तै देवेन गिरी, दीपक शर्मा, कृष्ण काफ्ले र अस्मिता अधिकारीलाई नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार–२०७८ तथा सङ्गीतका गुरु चन्दन श्रेष्ठलाई ‘नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार–२०७८’ पुरस्कार प्रदान गरिनेभएको छ। नातिकाजी राष्ट्रिय सङ्गीत संयोजक तथा वाद्य पुरस्कार रविन कार्की ढली र नातिकाजी राष्ट्रिय लोकसङ्गीत पुरस्कार देवी घर्तीलाई प्रदान गरिने संस्थाका उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिनुभयो। २०७८ सालको नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार डब्बु क्षेत्री (डम्बरबहादुर बुढाथोकी) र कुवेर गिरीलाई तथा नातिकाजी राष्ट्रिय नवप्रतिभा पुरस्कार–२०७८ आशिष गौतमलाई प्रदान गरिनेभएको छ।