• १३ चैत २०८२, शुक्रबार

‘याक्थुङ हुक्वा’ सार्वजनिक

blog

ताप्लेजुङ, चैत १३ गते । गायिका सुनिता केदेम (लाबुङ) को म्युजिक भिडियो ‘याक्थुङ हुक्वा’ बिहीबार सार्वजनिक गरिएको छ । सदरमुकाम फुङलिङमा बिहीबार आयोजित कार्यक्रमबिच कोशी प्रदेशका पूर्वमन्त्री बलबहादुर साम्सोहाङले म्युजिक भिडियो सार्वजनिक गर्नुभएको हो । 

गीतमा पालाम ‘याक्थुङ हुक्वा’ मा लिम्बू संस्कृतिको उजागर गरिएको छ । लिम्बू भाषा तथा संस्कृतिमा आधारित गीत पालाम गाउने, पालाम गाउँदै धान नाच्ने, तङनाम (चाडपर्व) मनाउने शैली जस्ता दृश्य म्युजिक भिडियोमा समावेश छ । सुनिताकै स्वर रहेको पालामको शब्द तथा कथा लेखन केबी किराँतीको रहेको छ । पालाम गाउनमा सुनितालाई गायक असारसिंह निङ्लेकुले साथ दिनुभएको छ । गीतको सम्पादन, छायाङ्कन, भिडियो तथा फोटो देउमानप्रताप पालुङ्वाले गर्नुभएको हो ।