• १३ चैत २०८२, शुक्रबार

ताम्राकारको ‘दह’

blog

काठमाडौँ, चैत १३ गते  । उपन्यासकार ध्रुवकृष्ण ताम्राकारको ‘दह’ सार्वजनिक गरिएको छ । वियोगान्त घटनामा आधारित उपन्यासभित्र मानवीय संवेदना, पीडा र जीवनका गहिरा अनुभूतिलाई सशक्त ढङ्गले प्रस्तुत गरिएको छ । लेखक ताम्राकारले विशिष्ट लेखनशैलीमार्फत पात्रहरूको मनोविज्ञान र सामाजिक यथार्थलाई जीवन्त रूपमा चित्रण गर्नुभएको छ । 

साहित्यकार सूर्यप्रसाद लाकोजूको सम्पादन  रहेको उक्त उपन्यासका सर्जक ताम्राकारका यसअघि मुक्तक, कथा, कविताका आधा दर्जन पुस्तक प्रकाशित छन् । उक्त उपन्यास अक्षरमार्ग प्रकाशनले बजारमा ल्याएको हो ।