काठमाडौं, पुस ५ गते। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले द्वन्द्वका घाउहरु मेटाउँदै मुलुकलाई स्थायी शान्तिमा लैजान कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प नरहेको बताउनुभएको छ। मंगलबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाको समर्थनमा पुग्नुभएका उपसभापति खड्काले यस्तो बताउनुभएको हो। उहाँले कांग्रेस, माओवादी, समाजवादी, नेकपा (एमाले) सहितलाई जोडेर साथमै सहमतिबाट सरकार निर्माण गर्नका लागि प्रधानमन्त्री देउवा नै अहिलेको उचित विकल्प भएको बताउनु भयो। उहाँले प्रतिपक्ष एमालेलाई समेत साथमा लिएर जाने क्षमता, अनुभव प्रधानमन्त्री देउवासँग मात्रै रहेको भन्दै अहिलेको अवस्थामा नेतृत्वमा देउवाको विकल्प खोज्नु नहुने बताउनुभयो। उहाँले आगामी दिनमा पुस्तान्तरण र नेतृत्व परिवर्तन स्वतः हुँदै जाने बताउनुभयो। उपसभापति खड्काले संसदीय दलको नेतामा सभापति देउवालाई जिताउन पनि युवा सांसदसँग आग्रह गर्नुभयो। उपसभापति खड्काले अहिलेको गठबन्धन निरन्तर अघि बढ्ने र गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभयो।
सरकारले चार महत्वपूर्ण नीति पारित गरेको छ ।
नेपालका प्रशंसा मोक्तान, आद्या पौडेल र स्वस्तिका विष्ट २०औँ जयकर स्मृति एटीएफ यू–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गल्र्स सिंगल्समा मंगलबार क्वाछर्टरफाइनलमा प्रवेश गर्नुभएको छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले खेलकुदलाई शिक्षासँग जोडेर लैजानुपर्ने बताउनुभएको छ।
झापामा मंगलवार हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
जनकपुर रोयल्सले नेपाल टी–२० क्रिकेट लिग जित्ने दाबी गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा शुक्रबारदेखि त्रिवि मैदान कीर्तिपुरमा आयोजना हुने लिगका लागि जनकपुरले मंगलबार टोलीको कप्तान समेत घोषणा गरेको छ ।
दश लाख ६५ हजार रुपियाँभन्दा बढी रकम बराबरको सरकारी सार्वजनिक जग्गा व्यक्तिको नाममा सारेको आरोपमा १४ जनामाथि मुद्दा दायर भएको छ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थायीत्व र रूपान्तरणको लागि महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेको बताउनुभएको छ।
नेकपा (एमाले) ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चयन गरेको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मंगलबार बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई दलको नेता चयन गरेको हो।
नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल स्वास्थ्य उपचारका क्रममा मंगलबार अस्पताल भर्ना हुनुभएको छ।
स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १३ मा रहेको लक्ष्मी माविका किशोरीहरूले आफूले प्रयोग गरेका सेनिटरी प्याड खाल्टोमा विसर्जन (पुर्न) थालेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अरब इमिरेट्स, संयुक्त गणतन्त्र ताञ्जानिया र गणतन्त्र सर्वियाका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ।
अध्यक्ष राजेन्द्र लिङ्ग्देन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको नेता चयन हुनुभएको छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी र पार्टी संसदीय दलको नीति, निर्णय र निर्देशन अनुसार चल्न पार्टीका नवनिर्वाचित सांसदलाई निर्देशन दिनुभएको छ।
धादिङको मलेखु नजिकै यात्रुवाहक बस र माइक्रोबस ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बिहानी पम्प नजिक भएको उक्त दुर्घटनामा १४ जना घाइते भएका छन् ।