• १२ असोज २०८१, शनिबार

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

blog

बिष्णुप्रसाद पोखरेल

दमक, पुस ५ गते । झापामा मंगलवार हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

बाह्रदशी गाउँपालिका वडा नं.१ का ३७ वर्षीय  जगत बहादुर भुजेलको अपरान्ह ४ बजेतिर हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

पश्चिम देउराली चारकोशे सामुदायिक वनमा घाँस दाउरा गरी फर्केने क्रममा हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।

सामुदायिक वनसँग जोडिएको यज्ञ ओलीको खेतबारीमा आएको जंगली हात्तीले आक्रमण गर्दा भुजेलको घटनास्थलमा नै मृत्यु भएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।