ऊ समुद्रको किनारामा उभिएको निकै बेर भइसकेको छ । अनगिन्ती छालहरूले उसलाई स्पर्श गरेर गइसकेका छन् । ऊ टोलाएर तिनै छालसँग प्रश्न गर्दैछ के मेरा सपना र खुसीहरू पनि यिनै छालजस्तै हुन् ? मौन प्रश्न गर्दै ऊ नजिकै आएर तनमनलाई रोमाञ्चित गर्दै अनायास फर्केर जाने समुद्री लहरजस्तै आफ्ना सपनाहरू सम्झन पुग्छे । आफ्ना चाहना र भावना नबुझ्ने परम्परागत समाजको घेरा तोड्दै कोही त आउने छ अनि उसको हात समातेर जीवनको एउटा नयाँ अध्यायको आरम्भ गर्नेछु भन्ने सपना ! तन र मनको पृथकताबाट उब्जिएको जटिलताको गाँठो फुकाउँदै मायाको निर्वाध संसारमा रमाउँदै बाँच्ने चाहना ! एउटा मान्छे भएर मान्छेहरूमाझ नै बिरानिएर बस्नुपर्ला भन्ने उसले सोचेकी पनि थिइन तर आज भोगिरहेकी छ । आज उसलाई सम्झना भइरहेको छ आमाको भनाइ “छोरी ! आफ्नो सोचमा परिवर्तन गर अन्यथा जीवनमा एक्लो बन्नुपर्ने छ । अहिले तिमी जे सोच्दैछौ त्यो तिम्रो अल्लारे
सखुवानन्कारकटि गाउँपालिका –३ पोर्ताहा गाँउमा श्री जनता माध्यमिक विद्यालय भए पनि त्यस गाँउका दलित (मुसहर) समुदायका शिक्षाबाट बञ्चित रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरु अहिले पढने वातावरण मखमली उडान सिकाइ केन्द्रले जुराइदिएपछि खुशी भएर पढ्न थालेका छन् ।
नेपाली कांग्रेस संसदीय दलको नेताका उम्मेदवार गगनकुमार थापाले जनताको विश्वासलाई गुम्न नदिनका लागि आफूलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा एक साताअघि सवारी दुर्घटनाबाट धेरै जनधनको क्षति भएपछि मङ्गलबार राजमार्ग सुरक्षा तथा सडक दुर्घटना न्यूनीकरण गर्न भन्दै विभिन्न निर्णय गरिएको छ। काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको बैठकले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम पालनामा कडाइ गर्ने निर्णय गरेको छ।
बागमती प्रदेश सभा सञ्चालनको तयारीका लागि आगामी शुक्रबार सर्वदलीय बैठक आह्वान गरिएको छ। बागमती प्रदेश सभाका सचिव कृष्णहरि खड्काले सभा प्रतिनिधित्व गर्ने सात दलबाट दुई–दुई जना प्रदेश सभा सदस्यको प्रतिनिधित्व रहने गरी सर्वदलीय बैठक बोलाइएको जानकारी दिनुभयो।
रुपन्देहीको तिलोत्तमा २ योगिकुटी तपाहा लाइनका सर्प उद्धारकर्ता दयाराम तिवारीको सर्पकै टोकाइबाट मृत्यु भएको छ। लामो समयदेखि सर्पको उद्धार कार्यमा लाग्दै आउनुभएका तिवारीको मंगलबार राति सर्पको टोकाईबाट उपचारको क्रममा मृत्यु भएको हो ।
आगामी पुस १७ गते उद्घाटनको तयारीमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बुद्ध एयरले प्रदर्शन (डेमोन्स्ट्रेसन फ्लाइट) उडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पोखराबाट क्षेत्रीय उडान गर्दै आएको बुद्ध एयरले पहिलो प्रदर्शन उडान गर्ने अनुमति पाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार बुद्ध एयरको एटीआर ७२ जहाजले बिहीबार प्रदर्शन उडान गर्न लागेको हो । त्यससँगै नयाँ विमानस्थलमा पहिलो उडान गर्ने अवसर बुद्ध एयरले पाउनेछ । बुद्धले पोखराबाट भारतमा पहिलो अन्तर्राष्ट्रिय उडानको समेत अनुमति मागेकाले त्यसबारे भारतसँग अनुमतिको प्रक्रियामा रहेको पनि भुलले जानकारी दिनुभयो ।
चुनढुङ्गा बोक्ने टिप्परको ओभरलोड (क्षमताभन्दा बढी भार) नियन्त्रण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले कारबाही अभियान सञ्चालन गरेको छ। ओभरलोडका कारण दुर्घटना बढेको र सडकसमेत बिग्रिएको भन्दै ट्राफिक प्रहरीले ओभरलोड नियन्त्रण गर्न अभियान चलाएको हो।
बाँकेको बैजनाथ गाउँपालिका–२ स्थित मानखोलामा अवैध तरिकाले नदीजन्य पदार्थको उत्खनन् तथा ओसारपसार हुने गरेको छ। अवैध नदी उत्खनन कार्यले नदीजन्य समस्या उत्पन्न भएको भन्दै स्थानीयले यसको नियन्त्रणका लागि गाउँपालिका कार्यालय घेराउ गरेका छन्। एक्साभेटर लगाएर नदीजन्य पदार्थको अवैध उत्खनन् र ओसारपसार भइरहेको गुनासो उठे पनि गाउँपालिका, प्रहरी र प्रशासन मौन देखिएको स्थानीयवासीको आरोप छ।
बाजुराको हिमाली गाउँपालिकाका बाढीपहिरो पीडित अझै पनि त्रिपालमा दिन बिताइरहेका छन्। बाढीपहिरो पीडितको पुनस्र्थापनाको पहल कतैबाट हुन सकेको छैन। वडा नं. ४ बोर्ताका ११२ परिवार त्रिपालमै छन्। त्रिपालमा तीन महिना बिताए पनि राहत र पुनस्र्थापनाको कुनै पहल हुन नसकेको बाढीपहिरो प्रभावितको गुनासो छ। पुर्खौदेखि बसोबास गरिआएको घर असोजको वर्षाले भत्काएपछि उनीहरूसँग अहिले ओत लाग्ने ठाउँ नभएको हिमाली गाउँपालिकाका प्रवक्ता भीमानन्द पाण्डेयले बताउनुभयो। उहाँले गाउँपालिकालगायत विभिन्न सङ्घसंस्थाले वितरण गरेको राहत प्रभावितलाई पुग्दो नभएको बताउनुभयो। प्रभावित स्थानीय गाँस, बासको पर्खाइमा रहे पनि कुनै निकायबाट सहयोग हुन नसकेको उहाँले बताउनुभयो। गाउँपालिकाबाट सहयोग भएको भए पनि बाढीपहिरो प्रभावितलाई त्रिपाल पुग्दो छैन। एक त्रिपालभित्र धेरै परिवारका सदस्य मिलेर बस्ने गरेका छन्। चिसो मौसममा कठ्याङ्ग्रिँदै त्रिपालभित्र रहेकालाई विभिन्न रोगले समेत सताएको छ। विशेष गरेर दीर्घरोगी, बालबालिकालगायतलाई झनै समस्या भएको पाण्डेयले बताउनुभयो।
सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज (बुधबार) मतदान सुरु भएको छ ।
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाले भागबन्डामा कर्मचारी भर्ती गरी बिनाकाम हाजिर गराएर तलब निकासा गरिरहेको रहस्योद्घाटन भएको छ। यस्तो भागबन्डामा खाँडाचक्र नगरपालिकाको प्रशासन शाखा प्रमुख अविराज शाहीले श्रीमतीलाई नियुक्ति दिइएको पाइएको छ। यसअघिको स्थानीय तहले नियुक्ति गरेका कर्मचारीलाई सेवाबाट हटाइएको थियो। सोही रिक्त कर्मचारी कोटामा नियुक्त गरिएका कर्मचारीमध्ये केहीले तीन महिनाको हाजिर एकै पटक गरी बिनाकाम तलब बुझ्दै आएको बताइन्छ। नगरपालिकाका एक कर्मचारीका अनुसार कर्मचारीका आफन्तको खातामा तलब भुक्तानी हुने गरेको जानकारी आएको छ।
गुल्मी जिल्लामा पछिल्लो पाँच महिनाको अवधिमा पाँच हजार ६८९ जनाले राहदानी बनाएका छन्। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो पाँच महिनाको अवधिमा यतिको सङ्ख्यामा राहदानी बनाइएको हो। राहदानी बनाउनेमा १८ देखि २५ वर्ष उमेर समूहसम्मका युवायुवती बढी रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो। विशेष गरी वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाउनेको सङ्ख्या बढी रहेको छ।
सर्लाहीको हरिपुरमा चिसोले कठ्याङग्रिएर थप एक जनाको मृत्यु भएको छ । हरिपुर नगरपालिका–९, पिडारी टोल बस्ने ५० वर्षीय राजेन्द्र चौधरीको चिसोले कठ्याङग्रिएर मृत्यु भएको हो । चिसोले कठ्याङग्रिएर श्वासप्रश्वासमा समस्या हुनासाथ चौधरीलाई उपचारका लागि नमूना अस्पताल हरिवन पु¥याइएको थियो ।