शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, पुस ५ गते । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकमा कार्यरत शान्ति मिसनमा खटिएर महत्वपूर्ण याेगदान पुर्याउँदै आइरहेको छ ।
सोही क्रममा सोमबारु कङ्गोमा तैनाथ श्री फस्ट राइफल गण (शान्ति सेना) २८औं डफ्फालाई बदली गर्नको लागि श्री नरसिंहदल गण (शान्ति सेना) २९ औं डफ्फाको पहिलो टोलीका २६७ जना नेपाली शान्ति सैनिकहरु प्रमुख सेनानी गोविन्द भुजेलको नेतृत्वमा काठमाडौंबाट कङ्गोतर्फ प्रस्थान गरेका छन् ।
यसैगरी उक्त मिसनमा तैनाथ श्री राइफल गणका २५५ जना नेपाली शान्ति सैनिकहरु सेनानी डम्बरसिंह ठकुरीको नेतृत्वमा मङ्गलबार स्वदेश फर्कने नेपाली सेनाले जनाएको छ ।