• ९ मंसिर २०८१, आइतबार

भूकम्प प्रतिरोधी घर बनाउन सिकाउँदै वालिङ नगरपालिका

blog

भूकम्प प्रतिरोधी घर बनाउन सिक्दै मिस्त्री (श्रमिक) । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ, पुस ५ गते ।
वालिङ नगरपालिकाले मिस्त्री (श्रमिक)हरुलाई भूकम्प प्रतिरोधी घर बनाउन सिकाउन सुरु गरेको छ । नगरभित्र लामो समयदेखि घर बनाउने काम गर्दै आएका मिस्त्रीहरुलाई भूकम्प प्रतिरोधी घर बनाउन सिकाएको हो ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडीपीको सहकार्यमा नगरपालिकाले तालिम सञ्चालन गरेको हो । नगरप्रमुख कृष्ण खाँणले १४ वटै वडाका अगुवा मेसन (घर बनाउने) १८ जना मिस्त्रीलाई पहिलो चरणमा तालिम दिन सुरु गरेको जानकारी दिनुभयो । नगरका सबै अगुवा मिस्त्रीहरुलाई भूकम्प प्रतिरोधी घर बनाउने तरिका सिकाउने उहाँको भनाइ छ ।

पालिका पछिल्लो समय भूकम्प प्रतिरोधी घर बनाउने सबैको सोच हुन्छ तर कसरी बनाउने भन्ने जानकारी नहुँदा समस्या भइरहेको थियो, अब समस्या समाधान हुने भयो, प्रमुख खाँणले भन्नुभयो ।


नगरपरिसरमा नै सञ्चालन गरिएको तालिममा सहभागी भएका कृष्णबहादुर थापाले भन्नुभयो, मैले विगत १५ वर्षदेखि काम गर्दै आएको थिएँ । तर, भूकम्पबाट बचाउने खालको घर बनाउन जानेको थिइनँ, अब मलाई निक्कै सजिलो हुने भयो ।’’

यसैगरी, लामो समयदेखि गाउँका घर बनाउने काम गर्दै आउनुभएका ५७ वर्षका थापालाई भूकम्प प्रतिरोधी घर बनाउने तालिम लिन पाउFदा निक्कै उत्साहित हुनुभएको छ ।

तालिम निक्कै उपलब्धlम"लक रहेको बताउनुहुँदै वालिङ ८ का जगबहादुर घर्तीले भन्नुभयो, ‘‘काम गर्न सुरु गरेको ८ वर्षको अवधlमा आफूले बल्ल घर बनाउन जाने जस्तो भएको छ ।’’

थापा र धर्ती मात्रै होइन तालिममा सहभागीमध्ये धेरैले वर्षौदेखि घर बनाउँदै आएकाहरु छन् । तर, उनीहरुलाई कसरी भूकम्प प्रतिरोधी घर बनाउने भन्ने जानकारी नभएको कारण गाउँ गाउँमा निर्माण भइरहेका घरहरु जोखिमयुक्त हुनसक्छ, तालिमका प्रशिक्षक इन्जिनियर सन्तोष धितालले भन्नुभयो, ‘‘तालिममा सहभागीहरु निक्कै उत्साहित छन् ।’’

२०७२ सालपछि निर्माण भइरहेका घरहरु भूकम्प्प प्रतिरोधी बनाउने प्रयास भइरहेका छन् । तर, पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन, इन्जिनियर धितालले भन्नुभयो ।

घर बनाउने व्यक्तिको भूकम्प प्रतिरोधी बनाउने चाहाना हुँदाहुँदै पनि दक्ष मिस्त्रीको अभावमा राम्रो घर बन्न नसकेको धितालको भनाइ छ ।

पहिलो चरणमा सात दिन चलेको तालिमपश्चात् उनीहरुलाई थप तालिम प्रदान गरिने नगरउपप्रमुख कविता तिवारीले जानकारी दिनुभयो । माग र आवश्यकताका आधारमा उनीहरुलाई थप तालिम उपलब्ध गराउनेछौं उपप्रमुख तिवारीको भनाइ छ ।