• ३१ जेठ २०८१, बिहिबार

क्षुद्रग्रहमा ठोक्काइयो अन्तरिक्ष यान

blog

अमेरिकी अन्तरिक्ष केन्द्रले प्रोब डाइमर्फस नामको विशेष खालको अन्तरिक्ष यानलाई क्षुद्रग्रहमा योजनाबद्ध किसिमले ठोक्काएर पृथ्वीमा हुन सक्ने सम्भावित दुर्घटना टार्ने परीक्षण सफल भएको बताएको छ । सो क्रममा उक्त अन्तरिक्ष यान नष्ट भयो भने क्षुद्रग्रहले मार्ग परिवर्तन ग-यो ।

कुनै दिन पृथ्वीमा ठोक्किन सक्ने क्षुद्रग्रहलाई बेलैमा अर्कै मार्गमा धकेल्न सकिएला कि नसकिएला भनी अमेरिकाले सो परीक्षण गरेको थियो । नासाको प्लानेटरी साइन्सका निर्देशक डा. लोरी ग्लेजले उल्लेख्य परिणाम हासिल भएकोमा आफू ढुक्क भएको बताएकी छन् ।  

“हामी मानव जातिको नयाँ युगतर्फ जाँदै छौँ, जुन युगमा सम्भवतः हामीसँग खतरनाक क्षुद्रग्रहको ठक्करबाट आफूलाई जोगाउन सामथ्र्य हुनेछ । यो 

अद्भुत काम भयो । हामीसँग यसअघि कहिल्यै यस्तो क्षमता थिएन,”  उनले भनिन् ।

ठक्कर दिनुअघि अन्तरिक्ष यानले सात सय ८० मिटर फराकिलो क्षुद्रग्रहलाई ११ घण्टा ५५ मिनेट लगाएर भेट्टाएको थियो । क्षुद्रग्रह पृथ्वीबाट एक करोड १० लाख किलोमिटर पर थियो ।

क्षुद्रग्रह भनेका सौर्यप्रणाली निर्माणका बेला बाँकी रहेका चट्टानी अवशेष हुन् । तीमध्ये अधिकांश पृथ्वीका लागि खतरा होइनन् तर कुनै बेला सूर्यको परिक्रमा गर्दा ती क्षुद्रग्रह र पृथ्वीको बाटो एउटै पर्दा क्षुद्रग्रह पृथ्वीसँग ठोकिन सक्छन् । तीन सय मिटरभन्दा ठूलो क्षुद्रग्रह ठोक्किँदा एउटा महादेशभरि र एक किलोमिटरभन्दा बढी आकारको क्षुद्रग्रह ठोक्किए विश्वभरि असर पर्ने अनुमान गरिएको छ ।