एकिन्द्र तिमिल्सेना
टीकापुर, कात्तिक ७ गते । कैलालीमा तीन बालिकाको पानीमा डुबेर मृत्यू भएको छ । रानी जमरा सिँचाइ प्रणाली अन्तर्गतको कुलरीया नदीमा पौेडी खेल्न गएका बालिकाहरूको डुबेर मृत्यू भएको हो ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसारका मृत्यु हुनेमा जानकी गाउँपालिका–५, नवलपुरकी १२ वर्षकी सुलोचना उपाध्याय, १० वर्षकी निशा बजगाई र ८ वर्षकी मानसी बजगाई हुनुहुन्छ ।
शुक्रबार मध्यान्ह कुलरियामा पौडी खेल्न गएकी बालिका डुबेपछि दुई जना उद्धार गर्न लागेकाले तीनै जना डुबेको बताइएको छ । स्थानीयले देखेपछि उद्धार गरी टीकापुर अस्पतालमा उपचारका लागि ल्याए पनि अस्पताल पुग्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतक बजगाई दिदीबहिनी हुन् । टीकापुर नगरपालिका–१ ब्लक नम्बर १० मा बस्ने बजगाई दिदीबहिनी तिहारको बेला मामाको घर गएकी थिइन । सुलोचना बजगाईकी मामाकी छोरी हुन् । बजगाई दिदीबहिनी जनजागृति मावि टीकापुरमा कक्षा ५ मा अध्ययनरत थिइन ।