शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, वैशाख १९ गते । १०औँ पिएम कप एनभिए लिगमा महिलातर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हल कोर्टमा शनिबार भएको फाइनल पुलिसले न्युडायमन्ड स्पोर्ट्स एकेडेमीलाई ३–१ को सेटमा हराउँदै उपाधि चुमेको हो ।
यससँगै पुलिसले चौथौ पटक यस उपाधि जितेको छ । पुलिसले २५–२१, १७–२५, २५–२३, २५–१९ को नतिजा निकालेको थियो । उपाधिसँगै पुलिसले १० लाख रुपियाँ पुरस्कार पायो । उपविजेता न्यु डायमन्डले पाँच लाख रुपियाँ पायो ।
लिगमा महिलातर्फ न्यु डायमन्ड, नेपाल पुलिस, एपिएफ, सुदूरपश्चिम, एभरेस्ट क्लब र त्रिभुवन आर्मी क्लब गरी ६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
यस्तै पुरुषतर्फ आजै साँझ हेल्प नेपाल स्पोर्ट्स क्लब र रुकुम पश्चिम भलिबल क्लबबिच प्रतिस्पर्धा हुनेछ ।