शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बोमलाल गिरी
नवलपुर, कात्तिक ७ गते । नवलपुरको गैँडाकोट नगरपालिका-४, धारापानीमा धारिलो हतियार प्रहार गरि एक जनाको हत्या गरिएको छ ।
शुक्रबार दिउँसो साढे १२ बजेतिर ३३ वर्षीय नारायण कुमालको धारिलो हतियार प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।
हतियार प्रहारबाट घाइते कुमाललाई उपचारका लागि गैडाकोट सामुदायिक अस्पतालमा सामन्य उपचार पश्चात थप उपचारका लागि भरतपुर सरकारी अस्पताल चितवन पठाएकोमा चिकित्सकले १ः१५ बजे उपचारको क्रममा मृत्यु भएको घोषणा गरेका नेपालले बताउनुभयो ।
हत्या गर्ने व्यक्तिको पहिचान भने भएको छैन । फरार हत्याराको तिब्र रूपमा खोजी भइरहेको प्ररीले जनाएको छ ।