• १३ वैशाख २०८२, शनिबार

नेपाल नगरपालिका सङ्घको अध्यक्षमा ढुङ्गाना

blog

काठमाडौँ, पुस ७ गते । नेपाल नगरपालिका सङ्घको आठौँ महाधिवेशनबाट धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गाना अध्यक्षमा निर्वाचित हुनुभएको छ । काठमाडौँमा सम्पन्न महाधिवेशनले ढुङ्गाना सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँ यसअगाडि सङ्घको महासचिव हुनुहुन्थ्यो ।  

उहाँ २०५४ सालमा साबिक गाउँविकास समिति राष्ट्रिय महासङ्घको पनि महासचिवमा निर्वाचित हुनुभएको थियो । त्यस्तै  उपाध्यक्षमा  सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, दाङको घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधारी महासचिव, काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डङ्गोल उपमहासचिव,  खोटाङको हलेसी तुवाचुङ नगरपालिका प्रमुख विमला राई कोषाध्यक्ष र मकवानपुरको हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा सह–कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ । महाधिवेशनबाट पदाधिकारीसहित ३९ जनाको केन्द्रीय कार्यसमिति निर्वाचित भएको हो ।