अविनाश चौधरी
धनगढी, पुस ७ गते। सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यको शपथ ग्रहण कार्यक्रमको मिति सारिएको छ।
प्रदेश सभा सचिवालयले पुस ११ गते शपथ ग्रहणको तयारी गरे पनि अब पुस १५ गते सो कार्यक्रम गर्ने मिति सारिएको हो। यस अघि तय गरिएको मितिमा प्राविधिक कारणले शपथ ग्रहणको कार्यक्रम नहुने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताउनुभयो। ‘अब १५ गते शपथ ग्रहणको कार्यक्रम हुन्छ’, उहाँले भन्नुभयो,‘तयारी भने पूरा भइसकेको छ।’
शपथ ग्रहणका लागि ज्योतिषीबाट साइत जुराइएको बुझिएको छ। ज्योतिषीले पुस १५ गतेको साइत जुराएपछि शपथ ग्रहण कार्यक्रम पछाडि सारिएको बताइएको छ। यद्यपि, साइत जुराइएको भन्ने विषयमा आफूलाई जानकारी नरहेको सूचना अधिकारी जैशीले बताउनुभयो।