• ८ मंसिर २०८१, शनिबार

क्याक्टस–एउटा अन्तरकथा

blog

साँझ झर्दैछ । साँझको छायामा जङ्गली फूलहरूका बिरुवासँगसँग क्याक्टसका साना साना बिरुवाहरू पनि डुब्दै गइरहेका छन् । ती साना साना क्याक्टसले आज लेफ्टिनेस्ट कुर्टको मुर्दा शरीरको स्पर्श पाउने भएका छन्  । लेफ्टिनेन्ट कुर्टका रगत–मासु र थेग्राले तिनका नसानसामा ताजापनको रस प्रवाहित हुने भएको छ । उसभित्रको नात्सीपनाले उसलाई सुम्पिदिन लागेको छ क्याक्टसका जरामा सधैँ सधैँका निमित्त । सत्यको निरन्तर बलात्कारले नपुंसक ऊ क्याक्टसका जरामुनि सुतीसुती युद्ध लोलुपताको ऋणशोध गर्नेछ । एउटा मसाने बिरक्तिको झैँ मुस्कान म आफ्नो ओठको डोलमा चिम्लिएको अनुभव गर्न थाल्छु । आश्चर्य । ऊ यसरी यति छिटै मर्न सक्छ भनेर मैले विचारसम्म पनि गरेको थिइनँ । उसका नात्सीपन खेलिरहेका आँखाका चिप्लेँटीलाई एकआध घण्टा पहिलेसम्म पनि मैले आफ्नो शरीरमा अनुभव गरेको थिएँ । उसको अनुहारमा मृत्युको छाया थिएन । एकदम सद्दे थियो, तन्दुरुस्त थियो, जीवनका सारा सपनालाई छातीभरि लिएर उभिएको थियो ऊ मजस्तै । तर उफ् । ऊ कति छिटो म¥यो, कस्तो नपत्याउने किसिमले म¥यो ।

म तटस्थ झैँ मुर्दामाथि चिप्लिन थाल्छु । नीरवताभित्र हराए झैँ उसको चिहानका निम्ति क्याक्टसका बिरुवा उखेलिरहेको क्याप्टेन कार्ल, खनिइसकेको चिहानको मुख लेफ्टिनेन्ट कुटको काँधबाट क्याप्टेन कार्लको काँधमा सरेको टाँमी गन एउटा गहन... गहनतम संस्मरण बन्न बाल्छ ! तर मैले सस्तो भावुकतालाई प्रश्रय दिन हुँदैन । सबै कुरा भत्किएको यो थर्राउँदो क्षणमा मैले आफ्नो मुलुकको पर्वतझँै दह्रो हुनुपरेको छ । आफ्नो शक्तिलाई ब्युझाइरहनुपरेको छ । एउटा फाल्तुपनबाट छलिन चाहे झैँ मेरा आँखा जङ्गलका बुटालाई मानौ गन्न थाल्छन् । सम्भवतः बीस तीस रूखपारि, सम्भवतः सय पचास रुखपारि आशाहरू टिलपिलाउँछन् जङ्गली जानवरका । एउटा अस्वाभाविक स्थितिको चिप्लेँटी । एउटा अप्ठ्यारोपनको उदय । 

सारा स्थितिलाई अन्त्य गर्दिन चाहे झैँ म आफ्नो काँधको दाउराको मुढालाई अगेनाको डिलमा बिसाइदिन्छु । त्यो अँगेनाको आगोलाई क्याप्टेन कार्ल र मैले काठको प्वालमा काठ घोटेर बडो मुस्किलले जन्माएका थियौँ । चार वर्षअघिदेखिन् त्यो आगो आजसम्म सल्किरहेको छ अविछिन्न आतङ्क मुछिएको जङ्गली निस्तब्धताभित्र । त्यो अस्तित्व क्याप्टेन कार्ल र मेरा निम्ति एउटा ईश्वरको जस्तो छ । हरेक थरथराउँदो क्षणको टेवा त्यो आगो, हरेक सम्भावनाको माध्यम त्यो आगो– अब म सब कुरालाई छाडेर आगोतिर उन्मुख हुन्छु । जङ्गलका बुटाबुटामा ब्युँझिएका जनावरहरूका आँखाका आमास मानौँ मेटिन्छन् । झिना दाउराका कप्टेराहरूलाई एक दोस्रामा खप्ट्याएर म फुक्न थाल्छु । एउटा पर्दा झर्छ लेफ्टिनेस्ट कुर्टको मुर्दा शरीर र मेरोबीचमा, जङ्गली आँखाहरू र मेरोबीचमा मरिसकेको धुनी फेरि बिउँझिन्छ चट्टानपारि बिहानको सूर्य ब्युझिएझैँ । टाढा तालको किनारामा चर्दाचर्दा थाकेको जङ्गली हाँस र सारसका बथाान ममाथिको आकाश बजाउँदै नौ कोस टाढा रुखै रुखपारि गुम हुन्छन् । एक फाँटपारि एक जोडी तन्नेरी जेब्रा विस्मितझैँ टक्क उभिन्छ त्यो धुनीको आगोको लप्कालाई देखेर । 

म फेरि अर्को धुनीलाई पनि ब्युँझाइदिने विचारले उठ्छु । लेफ्टिनेन्ट कुर्टको मुर्दा शरीर र मेरो बीचमा झरेको पर्दा मानौँ मासिन्छ । फेरि उही थरथराउँदो शून्यताको चिसो अनुभव । हरेक साँझ मैले त्यस धुनीलाई मान्छेको कञ्चटको रगत हेर्छु भनेर जगाउने गरेको थिइनँ । म त त्यो घुनीको लप्कामा आफ्नो देशको डाँडा–काँडामा छाएको शान्तिको अम्यार्थना गर्न चाहन्थेँ । तर त्यसको विपरीत हरेक फूलको बिरुवामा लेफ्टिनेन्ट कुर्टको कञ्चटका राता राता रगतका छिलाई विरक्तिका साथ अनुभव गर्न थाल्छु । उदासीनताको पत्र मानौँ विछिँदै जान्छ । म बलिरहेको मुढाको अँगारको भागलाई ठोसिदिन्छु र ठोस्दै जान्छु... । 

कठै ! नात्सीपनालाई साकार गरेर त्यसमा बाँच्न चाहने चाहना कति तीव्र थियो उसको अनुहारमा मर्दामर्दै पनि । तर ऊ म¥यो... अपूरै रहेर म¥यो । जीवनको बोध छउन्ज्याल उसले आफूलाई कहिल्यै चिनेन । साँच्चै कहिल्यै चिनेन । सुरुदेखिकै ऊ चकमन्नले आक्रान्त थियो । मेरो अस्तित्वको हरेक बोधमा कठै । उसको बाँच्ने रहर कति विक्षिप्त हुन्थ्यो । एउटा काल्पनिक त्रास र युद्धको आभासले कति लखेटिएको थियो । बलिरहेको मुढामा जमेका अँगारका भागलाई ठोल्दै म हाँसिदिन्छु । तर यो हाँस्ने कुरो होइन । मलाई थाहा छ विजयको समस्त स्वप्निल परिणति एउटा बन्द बोराको लासझैँ कुहिन आँटेको छ । वास्तवमा कुर्टको अस्तित्वले मेरो पर्वते छाती विकृत थिएन । तर उसको दाबी थियो उसले लिबियाको लडाइँमा, ट्युनिसिया र बाडियाकृतको लडाइँमा मेराजस्ता अनुहारलाई छामेको छ । मेराजस्ता आँखा र अनुहारले उसलाई आफ्नो जीवनको बारेमा सोच्न बाध्य गरिदिन्छ । वास्तवमा ऊ मसँग लखेटिएको होइन कि नेपालीको इमानदारीपनसँग लखेटिएको छ, लडाइँमा म¥यो भने स्वर्ग जान पाइन्छ भन्ने नेपालीको विश्वाससँग लखेटिएको छ । मैले क्याप्टेन कार्ललाई अशुद्ध जर्मन भाषामा सुनाइदिइसकेको छु लेफ्टिनेन्ट कुर्ट आफूसँगै धोका खाइरहेको छ । उसको मलाई हेर्ने आँखाले धोका खाएको छ । मलाई पढ्ने मस्तिष्कले पोका खाएको छ । एकाएक मलाई फेरि हाँसो उठ्छ कठै ! उसले मर्नुभन्दा पहिले मेरो त्यो भुत्ते खुकुरीलाई चोर्ने कति प्रयत्न गरेको थियो जो आज चार वर्षदेखिन् कुटो, कोदालोका रूपमा पनि प्रयोग हुँदै आइरहेको छ । 

मुढाहरूको अँगारको भाग झरेकाले आगो दन्कन थाल्छ रुखका हाँगाहाँगासम्म । म फेरि अर्को धुनीमा दाउराका कप्टेराहरू मिलाउन थाल्छु । एउटा हिंस्रक पशुको आभासले विस्मित झैँ उभिएका जेब्राहरू झाडीभित्र सुइँकुच्चा ठोक्छन् । मलाई हिंस्रक पशुहरूका विरुद्धमा मोर्चाबन्दी गर्नु छ ती धुनीहरूले । साँझको रङ रातको रङमा साटिनुभन्दा पहिले सबै सबै धुनीहरूलाई बलिसक्नु छ । म क्याक्टस उखेल्दै गइरहेको क्याप्टेन कार्लतिर दृष्टि दिन्छु । उसको अनुहारमा उदासीनता, उसका हातमा उदासीनता, उदासीनता मानौँ जम्दै गइरहेको छ । केही धण्टाअघि लेफ्टिनेन्ट कुर्टको मुर्दा शरीरका निम्ति चिहान खन्न लाग्दा उसले मसँग चिहानमाथि क्याक्टस रोपिदिने मनसाय प्रकट गरेको थियो । त्यही मनसायअनुसार उसका हात क्याक्टस वरिपरिका माटोमा अल्झिएको हो । तर ती क्याक्टस उसको बुद्धिसम्मत चेतनाका उपज हुन् । उसको लगनशीलता र मायाका उपज हुन् । सम्भवतः त्यसैले उसलाई क्याक्टस उखाल गाह्रो परिरहेको छ । लाम्खुट्टे, डाँस र हिंस्रक आँखाले आक्रान्त जङ्गली चकमन्नतामा त्यो क्याक्टस कसरी एउटा व्यवस्था बन्दै आइरहेको छ, कसरी एउटा सजावट बन्दै आइरहेको छ– म त्यसकोे उपयोगितालाई अनुभव गर्न थाल्छु । किसिम किसिमका जङ्गली जातिका  क्याक्टसहरू मिलान गरी क्याप्टेन कार्लले उब्जाएको त्यो क्याक्टसले मलाई र क्याप्टेन कार्ललाई बाँचेको बोध दिलाइदिन्छ । म ऊतिर घोरिन्छु । हिजोसम्म जाँगरिला देखिने उसका हात पाखुरा अहिले त्यसैत्यसै गले भैmँ प्रतीत हुन्छन् । म उसको सम्पूर्ण अस्तित्वलाई त्यसै छाम्न थाल्छु । तर त्यो कीराले कोतरी कोतरी चालू बनाइदिएको पातझैँ प्रतीत हुन थाल्छ आज । लाग्न थाल्छ ऊ काम गरेको छल ओढेर मानौँ घस्रिरहन्छ जङ्गली माटोको कीरा झैँ उदासीनताको गुन्जभित्र ।

हुन सक्तछ ऊ आफ्नो एकाकी क्षणमा लेफ्टिनेन्ट गुर्टको स्मृतिलाई खेलाइरहेको होला । एउटा जर्मन हुने नाताले त्यो स्वाभाविक पनि त हो नि । मर्नुभन्दा एक घण्टा पहिलेसम्म लेफ्टिनेन्ट कुर्टले आफ्नो पाकेट वायरलेसबाट जर्मन सेनासँग सम्बन्ध राख्ने कोसिस गरेको थियो । त्यो सत्य उसले बिर्सन सक्ने कुरा पनि होइन । लेफ्टिनेन्ट कुर्टको त्यो क्रिया सफल भएको भए सायद अहिले यस क्षणमा क्याप्टेन कार्ल जर्मनीमा आफ्नो पोसाकमा हिँडिरहेको हुने थियो होला लेफ्टिनेट कुर्टसँगसँगै । तर कुर्टको हरेक पल्टको प्रयत्न असफल भएको थियो ! त्यो वायरलेस वायरलेस नभएर मानो एउटा थोत्रो बट्टामा परिवर्तित भएको थियो । म फेरि आफ्नो ओठमा एउटा मुस्कान चिप्लिएको अनुभव गर्न थाल्छु । आजै बिहान उसको सूचनालाई ब्रिटिस हवाई सेनाले झन्डै झन्डै नफुस्काइसकेको । धत्तेरी ऊ यस्तरी झस्किएको थियो कि के भनुँ । उसको झस्काइमा जब मैले ऊतिर एउटा मुस्कान उडाइदिएको थिएँ तब उसले प्रस्टै भनिदिएको थियो, “दुई जर्मनको बीचमा ऊ एउटा खुकुरीको अस्तित्वलाई कदापि सहन सक्तैन “जर्मन सेनाको कैदबाट भागेर मान्छेको बस्तीदेखिन् सयौँ कोस टाढा यो जङ्गलमा क्याप्टेन कुर्टसँग बसेको छु । तापनि म यति कुण्ठित भइसकेको छैन कि उसभित्र छड्किरहेको हत्याको अभिप्रायलाई थाहा नपाऊँ । आज नभए कुनै भोलि नै सही ऊ मलाई माटोमुनि पुरिदिन चाहन्छ तर आश्चर्य ! किन होला कुन्नि  मलाई उसको कुरा फिस बराबर पनि लाग्दैन । सम्भवतः यो मेरो दोह्रो पनको अहं होला । सम्भवतः अहं नमएर अर्थोकै केही होला । मैले क्याप्टेन कार्ललाई एकचोटि होइन, दुई चोटि होइन बीसौँ चोटि भनिदिएको छु लेफ्टिनेन्ट कुर्टको रिसालु आँखाले मलाई आफ्नो बालककालका साथीहरूको बीचमा पु¥याइदिन्छ म फेरि क्याप्टेन कार्ललाई छान्न थाल्छु । अझै ऊ जङ्गली कीरा झैँ घिस्रिएर स्याक्टस उखेलिरहेको छ चुपचाप ।

बाह्रसिङ्गेको एउटा जमात वरिपरिका भुइँलाई थर्काउँदै तलतिर जान्छ मेरो अभिप्राय क्याप्टेन कार्ललाई खलबल्याउनु छैन । फेरि म तिनै धुनीतिर ध्यान दिन्छु जसलाई मैले ठुन्क्याएर वल्लोपल्लो धुनीलाई सल्काउँदै जान्छु– एकपछि अर्को– अर्कोपछि फेरि अर्को लेफ्टिनेस्ट कुर्टको नात्सी प्रतिमाको दमक उठाइरहेको लासले क्रमशः उचालिँदै गएको चकमन्नताको थरथराहटमा मेरो आकाश थकाउन सक्तैन । कैदबाट फुस्केर भाग्ने क्षण र सहाराको मरुभूमिले मृत्युको गन्ध उडाएको क्षणमा खुट्टा हाल्दा म जतिको दह्रो थिए अहिले पनि म आफूमा त्यही दह्रोपनको अनुभव गर्न थाल्छु । अहिलेसम्म क्याप्टेन कार्लले यी सबै क्यान्टसलाई उखेलिसक्नु पर्ने हो जति लेफ्टिनेस्ट कुर्टको चिहानलाई चाहिन्छ तर उसले तीन चारवटाभन्दा बढी क्याक्टस उखेल्न सकेको छैन । म आफैँमा हाँसिदिन्छु । 

कठै ! उसको हात क्याक्टका बिरुवाहरू उखेल्दा यसरी थाक्छन् भन्ने कुरा उसलाई पहिले नै थाहा भएको भए के उसले लेफ्टिनेट कुर्टको कन्चट ताकेर टमिगन सोझ्याउने थियो होला ? फूलहरू रोप्ने उसका सुकुमार हातमा कम्प फुट्दैन थियो होला ? साँच्ची ऊ कति खुसी भएको त्यस दिन जुन दिन उसले बारीमा त्यो नयाँ किसिमको क्याक्टसको टुसा देखेको थियो । त्यस दिनको उसको खुसीलाई म चुपचाप अनुभव गर्न थाल्छु । पहिले ऊ फूलको प्रेमी थियो, त्यसपछि मात्र जर्मन फौजको सेनानी । कानुनी बाध्यताले उसलाई नात्सी हवाई सेनामा नल्याएको भए आजसम्ममा उसले सयकडौँ किसिमका नयाँ जातिका फूलहरूको आविष्कार गरिसक्ने थियो होला फौजमा क्याप्टेन हुँदाखेरि पनि उसले हरेक ब्यारेकमा फूलहरू रोप्ने गरेको थियो, क्याक्टसहरू उमार्ने गरेको थियो । हरेक हमलामा जाँदाखेरि पनि उसले आफ्नो फोजी भोलामा कुटो राख्न विर्सिंदैन थियो । हतियारले लैस अस्तित्वहरू अनि रङ्गीविरङ्गी सुकुमार फूलहरू मेरो स्मृतिमा मानौँ साकार हुन थाल्छन् । ती सुकुमार कोमल स्पर्श एकाएक फौजी बुटहरूको स्मृतिले किल्चीमिल्ची हुन्छन् । एउटा कोमलताको हरण, एउटा स्वच्छता र पवित्रताको हरणको स्मृति उदासीनतालाई छल्न चाहझैँ म फेरि जङ्गलका बुटा र रुखहरूतिर हेर्न थाल्छु । जङ्गली झाडीबाट निस्केका एक जमात हरिणहरू तालतिर जान्छन्, मलाई आफ्नो गन्ध छुवाएर । त्यो ताल मानो जानवरहरूको क्रीडा स्थल बन्न थाल्छ । त्यसपछि लगत्तै घोरलको झझल्को । म जङ्गली बुटाहरूलाई छाडेर तालतिर उन्मुख हुन्छु तालका पानीमित्रका दुई चार गोहीहरू बिस्तारै घस्रिएर हरिणका घातमा मुख बाउन थाल्छन् । मानौँ म चकमन्न हुँदै जान्छु । हरेकपल्ट निर्माण, हरेकपल्ट बमको धवाँले उजाड फेरि पनि क्याक्टस उमार्ने भावना सुरक्षित के युद्ध हुनै पर्छ र ! म आफ्नो प्रश्नमा घोरिन्छु र दाउराको त्यो मुढोलाई समात्छु जसलाई दिउँसो कार्ल र मैले ल्याएका थियौँ । त्यो मुढो निकै गह्रुँगो छ । त्यसलाई धुनीसम्म लैजान दुई हातले पुग्दैन, चार हातको आवश्यकता छ । तर म क्याप्टेन कार्लको तल्लीनता भत्काउन चाहन्न । 

साँझको रङ्गले क्याप्टेन कार्लको कुटोले उक्काइरहेको माटोको रङ्ग झँै रङ्ग लिन थालिसकेको छ । तर उसको क्याक्टस उकेल्ने काम अझै सिद्धिएको छैन । मैले लगातार पाँचवटा धुनीलाई जगाइसकेको छु । फेरि पनि ऊ मसँग बोलेको छैन । भयानक फायरिङपछि एकाएक फायरिङ बन्द भए झैँ स्थिति । म ठूलो मुढालाई गुडाउन थाल्छु धुनीसम्म । केवल तीन महिनापहिले टुसाएका ती क्याक्टसमा युद्धका अन्तरकथाको आभास टाँसिएला भनेर कसलाई थाहा ? कसलाई थाहा थियो त्यो जङ्गलको मूर्छित झैँ लाटो चकमन्नपनभित्रका हावा बारुदका गन्धले बिटुलिएलान् भनेर । म मुढालाई गुडाउन नसकेर दुई फ्याक पार्न थाल्छु छ्याक छ्याक । नीरवता झन् झन् स्मशानको गुन्जझैँ गाढा हुन थाल्छ । मलाई सम्झना आउँछ, त्यही रीतले मुढाहरू फ्याक पार्दा पार्दै क्याक्टस र जङ्गली फूलहरूको लागि ड्याङ खन्दाखन्दै मैले र क्याप्टेन कार्लले युद्धको आभासलाई बिर्सिसकेका थियो ! सम्झेका थियो मरुभूमि पारि सयौँ सयौँ माइल टाढा त्यो आभासलाई छाडिसकेका थियौँ र एउटा शान्तिको देश निर्माण गर्दछौँ ।

दुर्भाग्य ! एकाएक लेफ्टिनेन्ट कुर्टंको उदय ! फेरि उही बारुदको गन्धको आभास मान्छेको लासको गन्धको आभास, घोडाका लासको गन्धको आभास, भत्केका साहर र गाउँको आभास । सङ्लोपन मानौँ आक्रान्त हुन थाल्छ । सारा जङ्गलभरि मानौँ ब्वाँसाहरूका आँखा बिछिन्छन् । मुढालाई दुम्क्याएर म फेरि क्याप्टेन कार्ललाई छाम्न थाल्छु । धुनीको उज्यालोमा उसका सबै कुरा प्रस्ट हुँदै जान्छन् । म उसको काँधमा झुन्डिरहेको टमिगनलाई खास किसिमले हेर्न थाल्छु र उसको र आफ्नोबीचको भेदलाई बुझ्ने कोसिस गर्न थाल्छु ।

साँच्चै कति फरक छ उसको आँखाको नीलोपन र मेरो आँखाको कालोपनमा कति भिन्नता छ उसको पहेँलो रोगनमा र मेरो रोगनमा । फेरि कति फाटो छ उसको र मेरो भाषा र संस्कृतिमा फेरि पनि हामी आपसमा मिलेका छौँ । रूखका पात र त्यसको हरियोपन जस्तै । तर लेफ्टिनेन्ट कुर्टको ममा चिप्लने आँखालाई मैले र उसले सापट लिने हो भने मैले हरतरहबाट जर्मन अनुहारलाई सत्रु ठान्नुपर्छ र आफ्नो बचाउको पर्खाल बलियो पार्नुपर्छ । कुनै अँध्यारोमा वा एकान्तमा क्याप्टेन कार्लको गर्धनलाई खुकुरीले छपक्क छप्काइदिनुपर्दछ । खुकुरीले नसके जङ्गली पाटका डोरीले उसको घाँटी मस्काइदिनु बुद्धिमानी हुन आउँछ । जर्मन अफिसरहरूलाई मूर्ख तुल्याएर मरुभूमितिर बाटो बिराएको म एउटा नेपाली अङ्ग्रेजहरूको मदतका निम्ति नेपालबाट खटिएर आएको लप्टन । ऊ जर्मन हवाई सेनाको क्याप्टेन । बलेको हवाईजहाजबाट मरुभूमिमा हाम्फालेको । ऊ लेफ्टिनेन्ट कुर्ट जस्तै नात्सी अहंले भत्कियो भने उसको कुटोले कुनै अँध्यारोमा मेरो गिदीलाई छताछुल्ल पार्दिनँ सक्तछ । शङ्काको दोभानमा भट्किनुपर्छ मैले उसलाई सम्झेर, उसभित्रको क्याक्टसलाई सम्झेर । मलाई एकाएक एउटा खित्काले चकमन्नतालाई भत्काइदिन मन लाग्छ । दुई दुई फ्याक पारेका मुढाहरूलाई पालापाली धुनीमा जोतिदिन्छु दस दसौटा धुनीको एउटा ठूलो राप । म आफैँमा पनि मानौँ उज्यालिन्छु । दुई चार झाडीपारि एउटा दँतार हात्ती कुज्छ एउटा बानर हाम्रो टाँडको घरको धुरीलाई हल्लाउँदै ठूलो रुखको चँदुवामाथि छोपिन्छ । म धुनीतिर उभिएको उभियै त्यतातिर चिप्लिहाल्छु सम्भवतः क्याप्टेन कार्ल आज उदास मात्र होइन बहिरो पनि भएको छ । तीन चार झाडीपारि एक जोडी बाघ हाम्फाल्छन् तालको किनारातिर लुसुक्क म त्यो बाघको गन्धलाई लेफ्टिनेन्ट कुटको मुर्दाको गन्धभन्दा पनि ज्यादा तीव्र रूपले अनुभव गर्न थाल्छु । युद्धमा बिछ्याइएको मेसिनगनको गन्ध जस्तै उफ् ! युद्धको मात लागेको मान्छे मान्छेकै आँखामा कति घीनलाग्दा हुन्छन् सके बन्दुकले, बन्दुकले नसके तोपले, तोपले नसके बमले, बमले पनि नसके ग्यासले मार्नुपर्ने मान्छे जस्तो । बिर्सिहाल्नुपर्छ सबभन्दा उसले सौन्दर्यले भरिपूर्ण नगर बसाएको छ भन्ने कुरा बिर्सिहाल्नुपर्छ उसले सबभन्दा सुन्दर काव्य रचना गरेको थियो भन्ने कुरा । तर ग्यासका धुवाँभन्दा पनि बढ्ता पीडाजनक त्यो मरुभूमिले क्याप्टेन कार्ल र मेरो बीचमा भेदको पर्खाललाई भत्काइदिएको छ । ऊ मेरा निम्ति जर्मन थिएन । म उसका निम्ति ब्रिटिसको पक्षमा युद्धमा आएको सिपाही थिइनँ ! हामी एकदोस्रो एकदोस्राका निम्ति केवल मान्छे बनेका थियौँ । उसले जर्मन भाषामा सलाम भनेको थियो, मैले उसलाई नेपाली भाषामा सलाम भनेको थिएँ । हामी दुई मित्रता गर्न चाहने मान्छे बनेका थियौँ ! कुटो र कोदालोलाई माया गर्ने मान्छे बनेका थियौँ । विरह र व्यथामा रुन र हाँस्न सक्ने मान्छे । म विचार गर्ने थाल्छु आखिर क्याप्टेन कुर्टले किन यस थलोमा मान्छेको आँखाले हेर्न सकेन ? ऊ पनि त क्याप्टेन कार्ल झैँ बलिरहेको हवाईजहाजलाई छाडेर प्राण बचाउन यो जङ्गलमा हाम्फालेको मान्छे हो । फरक यत्तिकै थियो क्याप्टेन कार्लसँग मेरो भेट चार वर्षअगाडि हुँदा ऊसँग कुनै हतियार थिएन तर तीन चार दिन मात्र भेट भएको लेफ्टिनेन्ट कुर्टको काँधमा भने टमिगन र कम्मरमा पिस्तोल थियो, जसलाई हामीले मौकैमा कब्जा गरेका थियौँ । पहिलो भेटमै उसले क्याप्टेन कार्लसँग जति खुसीले हात मिलाएको थियो त्यति खुसीले उसले मसँग हात मिलाएको थिएन फेरि पनि एउटा मान्छेलाई आफ्नो बीचमा फेला पारेकोमा म त्यत्तिकै खुसी थिएँ जत्तिको खुसी थियो स्वयं क्याप्टेन कार्ल ।

म जगाउनुपर्ने जति सबै धुनीलाई ब्युँझाएर एउटा मुढामाथि धसिन्छु जसलाई क्याप्टेन कार्ल र मैले बेन्चको रूपमा बिछ्याएका थियो क्याक्टस र जङ्गली फूलहरूका बीचमा । सबैथोक छर्लङ्ग छ दिउँसोको जस्तै क्याप्टेन कार्लको क्यान्टस उखेल्ने काम मानौँ कहिल्यै सिद्धिदैन ऊ । मानौँ रातभरि नै उखेलिरहन्छ एउटा शिथिलता एउटा झर्काेजस्तो आभास । सम्भवतः दिउँसो चिहान खन्न हात सापटी दिएझैँ अहिले पनि उसलाई हात सापटी दिनुपर्छ मैले । म उसमा घोरिन्छु, अहिले पनि उसको काँधमा हल्लिरहेको सानो टमिगनको आभास– उसको अनुहारमा नुहेको उदासीन छायाको आभास । लाग्न थाल्छ– उसको हात अपरिचित हुँदै गए झैँ, उसको अनुहार अपरिचित हुँदै गए झैँ म विस्मित हुन्छु । साँच्ची उसका ती लुला हातले कसरी टमिगनको गोली छाडेका होलान् विश्वासै लाग्दैन लेफ्टिनेन्ट कुर्ट उसकै हातले मुर्दा भएको हो भन्ने कुरा । 

म आगोको लप्कामा लेफ्टिनेन्ट कुर्टको मुर्दालाई फेरि अनुभव गर्न थाल्छु । उसको शरीरमा अहिलेसम्म पनि नात्सी फोजी पोसाक छ र उसको काँधमा झल्किरहेको लेफ्टिनेन्ट दर्जाको फुली लुछिएको छैन । उसभित्रको थर्राउँदो अहं झैँ त्यसको बोधको आभासको चिप्लेटी म फेरि आफूमा अनुभव गर्न थाल्छु हिजो अस्ति झैँ आज बिहान पनि मैले उसका हिंस्रक आँखाका चिप्लेटीलाई मैले आफ्नो शरीरमा अनुभव गरेको थिएँ, त्यस बेला पनि मैले ऊतिर उपेक्षा उडाइदिएको थिएँ । उसको अस्तित्वलाई मानौँ मैले स्वीकार गरेको थिइनँ । यथार्थमा उसभित्रको हत्याको प्रवृत्तिअगाडिको नुहेर नेपाली माटोलाई कलङ्कित तुल्याउन चाहँदिनँ थिएँ म । त्यसपछि लगत्तै फेरि जब उसको हातको पिस्तोलको नलीले मेरो कञ्चटको तारो समातेको थियो त्यतिखेर पनि उही उपेक्षित मुस्कानले उसको हातलाई लगलगाइदिने प्रयत्न गरेको थिएँ । उसको हरेक विक्षिप्तिमा एउटा उपेक्षा हरेक बारुदको गन्धको आभासमा एउटा उपेक्षा । खास कुरा त यो हो, उसको पिस्तोलमा गोली छन् भन्ने कुरामा मलाई पत्यार थिएन किनभने गोली जति सबै त्यही दिन ऊसँगबाट खोसेर रुखको ठोक्रोमा कार्ल र मैले लुकाइदिएका थियौँ । हरे ! म कति झुक्यानतिर चिप्लँदै गइरहेको थिएँ । मृत्युको सम्भावना देखिनु अपरिचित, अस्वाभाविक स्थितिदेखि अपरिचित उफ् ! नसा... नसा... मा बरफ जमे झैँ अनुभव हुन थाल्छ । मलाई लाग्न थाल्छ क्याक्टसका टुसाभरि लेफ्टिनेन्ट कुर्टको अस्तित्व झङ्कृत हुन थाले झैँ । उसभित्रको नात्सी अन्तरकथा क्याक्टसका काँडाकाँडामा लिप्सिए झैँ । क्याक्टस एउटा अन्तरकथा । एउटा बलौटे धुवाँको आभास क्याक्टस, स्याप्टेन कार्ल, लेफ्टिनेन्ट कुट... । लेफ्टिनेन्ट कुर्ट, गयाप्टेन कार्ल अनि क्याक्टस मभित्रको गहिराइमा चम्कन थाल्छन् सर्वनाशको विस्मय झैँ । 

ओह ! एकाएक बन्दुकको आवाज जङ्गलका झाडी झाडीमा चिप्लिएर गुम हुन्छ । थरथराउँदा सन्निपातको स्थितिको उदय... मानौँ विचारशक्ति गुम हुन्छ । म वादको गन्घलाई नराम्रोसँग अनुभव गर्न थाल्छु फेरि कुनै जादुको चमत्कार झैँ भुइँमा लेफ्टिनेन्ट कुर्टको लास सब चोक सपनाजस्तै तर एउटा कठोर सत्य । म संज्ञाशून्य झैँ हुन्छु छिनभर । 

केही छिनपछि जब वातावरणमा स्वाभाविकताको अंश झर्न बाल्छ तब म लेफ्टिनेन्ट कुर्टको कञ्चटबाट लगातार बगिरहेको रगतलाई अनुभव गर्न थाल्छु, उनका रगतका छिर्काले बिटुलिएका जङ्गली फूलका थुँगा र वरिपरिका क्याक्टसलाई अनुभव गर्न थाल्छु । हतियारी सभ्यादेखिन् सयौँ कोस टाढा यो जङ्गलको पातपातमा युद्धको गन्यको चिप्लेटी म आफूमा बरफको चक्कु रोपिए के अनुभव गर्न बाल्छु छिनभर । तर फेरि चेतनाको उदय हुन्छ मलाई लेफ्टिनेन्ट कुर्टको लाससम्म कुनै अदृश्य शक्तिले घचेडिदिन्छ । उसको कञ्चटबाट झरिरहेको रगतका थोपामा खास कुरा त यो हो मलाई विश्वास थिएन । क्याप्टेन कार्ल उसको हातबाट खसेको अठ्तीस बोरको पिस्तोलको म्यागजिनबाट गोलीहरू झिकेर भुइँमा छर्दै थिए । उसले गोली राखेको रूखको ठोक्रालाई पत्ता लगाएको रहेछ मेरो अन्जानमै हरे ! पिस्तोल मित्रका ती गोलीको बारेमा मैले अन्दाजै गरेको थिइनँ छिनभर म संज्ञाशून्य हुन्छु स्वयं आफँै  समाधिस्थ हुन लागे झैँ । गोलीको क्याप्सोल जस्तो आकारले मानौँ मलाई पङ्गु बनाइदिन्छ । छटपटिदो मरुभूमिको तातो बालुवा छातीभरि घुसारिए झैँ अनुभवले म भतभतिन्छु लेफ्टिनेन्ट कुर्टका निम्ति खनिएको त्यो चिहान मेरा निम्ति खनिएको हुन सक्ने सम्भावना थियो । क्याप्टेन कार्लका हात मेरो मुर्दाका निम्ति अहिलेसम्म यस क्षणमा क्याक्टस उखेलिरहेका हुन्थे । एउटा नेपाली संस्कार चितामा सेलिनुको सट्टा चिहानको माटोमुनि सेलिने थियो । धरतीमुनि क्रिस्चियन प्रार्थना सुनीसुनी मेरो मुर्दले नेपाली इमानदारीको आभास उडाइदिने थियो भविष्यमा हुने युद्धलाई गाली गरीगरी । 

मेरा सारा पखेटा भाँचिने सम्भावनाको आभास मानौँ थाक्छ । न म रुन सक्छु न हाँस्न नै जाती भयो, मेरो खुकुरीले लेफ्टिनेन्ट कुर्टको छिनालेन । छिनालेको भए सम्भवतः नेपाली पानी बदनाम हुने थियो होला । ऊ म¥यो आफ्नै देशवासीको हातबाट आफ्नै सभ्यता र संस्कृतिमा उम्रिएको क्याप्टेन कार्लको क्याटसहरू उमार्नेे हातबाट । 

आफ्नो मृत्युको सम्भावनाको आमासले मानौँ मेरो सर्वाङ्ग चिसो हुन्छ । आह ! मेरो सपनाको रोकाइको सम्भावना, साल र धुपीको सुसेली सुन्ने रोकाइको सम्भावना, कोसी, गण्डकी र कर्णालीको पानी खाने रोकाइको सम्भावना । साँच्चै त्यतिबेला डाको छोडेर त्यो जङ्गलमा विछिएको लाटो चकमन्नतालाई भत्काइदिन मन लागेको थियो तर रुवाइ कस्तो ? त्यो त आफ्नो हकका लागि ब्युँझिएका नेपाली तन्नेरीहरूको युद्धको विरुद्ध ब्युँझिएको क्रियाशीलतालाई दुर्बल तुल्याउनु पो हो । आफ्नो माटो र पानीमा हुर्किन र मर्न चाहने नेपालीको दह्रोपनलाई हल्लाउनु हो । म आँसु झारेर इतिहासलाई बिटुलो पार्न चाहँदिन थिएँ । आँसु झारेर देशभित्रको घाइते सत्यलाई उद्घाटन गर्न चाहँदिन थिएँ । घाउ लागे झैँ उज्यालोमा म फेरि क्याप्टेन कार्ललाई छाम्न थाल्छु ! कठै ! फेरि पनि क्याक्टस उखेल्दै गैरहेको छ । उसको काँधमा लेफ्टिनेन्ट कुर्टको काँधबाट सरेको टमिगन हल्लिन्छ म छिनभर आँखा चिम्लिएर आफूभित्रको चकमन्नमा आफ्नो डाँडाकाँडा साकार गर्न थाल्छु ।  केही टाढा जङ्गलबाट तालतिर निस्केका हाती र अर्नाहरू एकसाथ चिच्याउँछन् फेरि शून्य चकमन्न केवल... केवल फेरि शून्य, चकमन्नता । केवल... क्याप्टेन कार्लको कुटोचलाइले क्याक्टस वरिपरिको धरती बन्दै जान्छ फस... फस... । त्यो क्याक्टस अनि त्यसभित्र छोपिने स्थितिमा झन्डै मुर्दा हुन आँटेको मेरो शरीरको अस्तित्वको झङ्कार म आफूमा अनुभव गर्न थाल्छु । 

घाउका सत्र चक्का, वि.सं. २०३५