• ५ जेठ २०८१, शनिबार

युनाइटेड इएफएल कपको क्वार्टरफाइनलमा

blog

गोल गरेपछि खुशी मनाउँदै म्यानचेस्टर युनाइटेडका खेलाडी ।

काठमाडौं, पुस ७ गते । इङ्लिस प्रिमिर लिग क्लब म्यानचेस्टर युनाइटेड इएफएल (काराबाओ) कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा युनाइटेडले च्याम्पियनसिप क्लब बर्नलीलाई २–० गोलले हरायो ।

युनाइटेडको जितमा क्रिस्टियन इरिक्सनले र मार्कुस रोसफोर्डले गोल गर्नुभयो । इरिक्सनले २७औँ मिनेटमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभएको थियो । रासफोर्डले ५७औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । त्यसपछि थप गोल नहुँदा युनाइटेड सजिलै विजयी भयो ।

बुधबार राति नै भएको अर्को खेलमा नटिङहम फरेस्टले ब्ल्याकबर्नलाई ४–१ गोलले हराउँदै अन्तिम आठमा स्थान बनाएको छ । नटिङहमको जितमा ब्रेनान जोनसोनले दुई तथा जेसे लिङगार्ड र ताइओ एसोनियीले एक एक गोल गर्नुभयो । ब्ल्याकबर्नका स्कट ह्वार्टनले सान्त्वना गोल फर्काउनुभयो ।

अर्को खेलमा चाल्र्टनले ब्राइटनलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । इएफएल कपमा आज (बिहीबार) बलियो टोली च्यानचेस्टर सिटी र लिभरपुलबीच प्रतिस्पर्धा हुनेछ ।

यस खेलपछि क्वार्टरफाइनल समीकरण पूरा हुनेछ । यसअघि लेस्टर सिटी, न्युक्यासल युनाइटेड, साउथह्याम्टन र वल्भ्सले क्वार्टरफाइनलमा स्थान बनाई सकेका छन् । फिफा विश्वकप फुटबलका कारण ढेड महिना रोकिएका क्लब फुटबल र अन्य लिग फुटबल प्रतियोगिताहरू धमाधम सुरु हुन थालेको हो । एजेन्सी