• ७ पुस २०८१, आइतबार

नेपाल बङ्गलादेशसँग पराजित

blog

भलिबलमा प्रतिस्पर्धा गर्दै नेपाल र बंगलादेशका खेलाडी ।

काठमाडौं, पुस ७ गते । नेपाल बङ्गलादेशको राजधानी ढाकामा भएको साभा यू–२३ भलिबल च्याम्पियनसिपको पहिलो खेलमा आयोजक बङ्गलादेशसँग ३–० को सोझो सेटमा पराजित भएको छ ।

बिहीबार भएको खेलमा नेपाल बङ्गलादेशसँग २६–२४, २५–२२, २५–२१ ले हरायो । च्याम्पियनसिपमा आयोजक बङ्गलादेशसँगै नेपाल, श्रीलङ्का र किर्गिस्तान गरी चार टोलीको सहभागिता छ ।

नेपालले च्याम्पियनसिपको दोस्रो खेल शक्रबार श्रीलङ्का र अन्तिम खेल शनिबार किर्गिस्तानसँग खेल्नेछ । च्याम्पियनसिप ११ सम्म चल्नेछ ।