• १३ साउन २०८१, आइतबार

होटल व्यवसायमा भित्रियो एकोर ग्रुप

blog

काठमाडौँ, पुस १३ गते । होटल व्यवसायमा अन्तर्राष्ट्रिय रूपमै चर्चित एकोर ग्रुप नेपाल भित्रिएको छ । नेपालमा सञ्चालनमा आउन लागेको दी मेट्रोपोलिटन होटलको व्यवस्थापन गर्ने गरी उक्त समूह नेपाल भित्रिएको हो । होटल सञ्चालक देशबन्धु बस्नेतका अनुसार एकोर समूहले उक्त होटल ‘मक्र्युर’ नाममा सञ्चालनमा ल्याउनेछ । भारतको नयाँ दिल्लीमा उक्त ब्रान्डलाई नेपालमा भित्र्याउन एकोर र दी मेट्रोपोलिटिनबीच सम्झौता भएको हो ।  एकोर समूहले एसिया, युरोप, अफ्रिका एवं मध्यपूर्वका एक सय बढी देशका पाँच हजार ३०० बढी होटलको व्यवस्थापन गरिरहेको छ । 

काठमाडौँको सुकेधारामा निर्माणाधीन दस तले उक्त होटलमा जिम, स्विमिङपुललगायत पाँच तारे होटलमा आवश्यक सबै सुविधा उपलब्ध हुने जनाइएको छ । सम्झौताअनुसार सन् २०२३ भित्रै होटल सञ्चालनमा आउनेछ ।