सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको उपाधि नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राईले जित्नुभएको छ ।
प्रभु साहले आफ्नो नेतृत्वमा नयाँ पार्टी गठन गर्नुभएको छ । रौतहट ३ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र निर्वाचित साहले आफ्नो नेतृत्वमा आम जनता पार्टी गठन गर्नुभएको हो ।
गण्डकी प्रदेश सभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्। ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सांसदलाई बिहीबार गण्डकी प्रदेशको सभामा शपथ खुवाउनुभएको हो।
काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारामा बस्दै आएका सुकुम्वासी बस्ती हटाउन आवश्यक सहयोग एवम् समन्वय गर्न गृह मन्त्रालयसँग अनुरोध गरेको छ ।
नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित हुनुभएको छ । १८ मत प्राप्त गरी यादव निर्वाचित हुनुभएको हो ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बागमती मन्त्रिपरिषद् कार्यालयले सिफारिस गरी पठाएअनुसार बागमती प्रदेश सभाको ११ औँ अधिवेशन बैठक यही पुस १८ गते दिनको १ बजे बस्ने गरी आह्वान गर्नुभएको छ ।
स्नातक तहसम्मको शिक्षाको जिम्मा लिएर १४ लाख रुपियाँ खर्च गरेर इन्जिनियर दुल्हा खोजेर विवाह गरेको आठ महिना नबित्दै उहाँकी छोरी सुमन घरेलु हिंसामा परेपछि मरिक परिवार समस्यामा परेको छ । लहान –१ का सुमनका आमा मिना मरिकले छोरी हिंसामा परेपछि अहिले तनावमा हुनुहुन्छ ।
बाँकेमा करिब तीन महिनापछि कोभिड सङ्क्रमित बिरामी भेटिएका छन् । नेपालगञ्जको जमूनाह नाका परीक्षणकाक्रममा भारतबाट फर्कदैंगरेकी जाजरकोटकी ३० बर्षीया महिलामा कोभिड सङ्क्रमण देखिएको हो ।
केन्द्रीय राजश्व चुहावट समितिको बैठकले राजश्व सङ्कलनमा देखिएको न्यूनतालाई पूर्ति गर्न सबै सरोकारवालालाई निर्देशन दिएको छ।
बैतडीको सुर्नया गाउँपालिकाकी मञ्जु अवस्थी भट्टलाई पाठेघरको क्यान्सर हुँदा दुधे बालक काखमा बोकेर उपचार गराउन समस्या भएको छ ।
देशभरका यातायात व्यवसायीको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले नयाँ सरकारबाट देशभर व्यवस्थित यातायात सेवा सञ्चालन हुने विश्वास लिएको छ ।
अभिनेता सविन श्रेष्ठले मृत्युपछि अङ्गदान गर्ने घोषणा गर्नुभएको छ । भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्र पुगेर उहाँले मृत्युपछि अङ्गदान गर्ने मन्जुरीनामामा हस्ताक्षर गर्नुभएको हो ।
श्रीलङ्काको दक्षिणी सहर मत्तालामा रहेको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थलले दुई वर्षपछि बिहीबारदेखि अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ ।0
कतार विश्वकप पछि सुरु भएको फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले प्रतिस्पर्धात्मक जित निकालेको छ । नेयमारले रातो कार्ड पाएको खेलमा पीएसजीले बुधबार राति स्टार्सबर्गलाई २–१ गोलले हरायो ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासले लामिछानेविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो ।