• १२ असोज २०८१, शनिबार

शुक्रलाई इस्टर्न ओपन गल्फ उपाधि

blog

उपाधिसहित सुक्रबहादुर राई । तस्बिर : एनपीजीए

काठमाडैं, पुस १४ गते । सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको उपाधि नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राईले जित्नुभएको छ ।

पार ७० को धरान गल्फ क्लबमा बिहीबार सम्पन्न प्रतियोगितामा शुक्र समग्रमा १७ अन्डर एक सय ९३ स्कोरसहित च्याम्पियन बन्नुभएको हो । अन्तिम राउन्डमा बिहीबार शुक्रले सात अन्डर ६३ खेल्नुभयो । यस कोर्समा शुक्रले बलभद्र राईले सन् २०२० मा बनाएको नौ अन्डर पारको कीर्तिमान समेत तोड्नुभयो ।

उपाधिसँगै शुक्रले एक लाख ४० हजार रुपियाँ पुरस्कार पाउनुभयो । समग्रमा नौ अन्डर दुई सय एक स्कोरका साथ निरज तामाङ दोस्रो हुनुभयो । उहाँले ९० हजार रुपियाँ पाउनुभयो । भुवन नगरकोटी समग्रमा पाँच अन्डर दुई सय पाँच स्कोरसहित तेस्रो हुनुभयो । उहाँले ६७ हजार रुपियाँ पुरस्कार पाउनुभयो । एमेच्योरतर्फ राजकुमार राई पहिलो हुनुभयो । उहाँले समग्रमा इभन पार दुई सय १० स्कोर खेल्नुभयो ।