• २० असोज २०८१, आइतबार

लुम्बिनी प्रदेश सभाको बैठक पुस १८ गते आह्वान

blog

छविलाल पाण्डे 

लुम्बिनी, पुस १४ गते । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सभाको बैठक पुस १८ गतेका लागि आह्वान गर्नुभएको छ । लुम्बिनी प्रदेश सरकारको बुधवार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश सभाको बैठक पुस १८ गते गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम पुस १८ गते दिउँसो एक बजेका लागि दाङको देउखुरीमा प्रदेश सभाको बैठक आह्वान गर्नुभएको हो । यसै गरी प्रदेश सभाका सदस्यहरूलाई पुस १७ गते शपथ गराउने तयारी भइरहेको छ । 

मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) को अध्यक्षता बसेको मन्त्रिपरिषद्को बैठकले सांसदहरूको शपथ ग्रहणका लागि १७ गते र प्रदेश अधिवेशन १८ गते बोलाउने गरी प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।