जेनजी प्रदर्शनको क्रममा कपिलबस्तु सहित विभिन्न कारागारबाट भागेका १ सय ६० कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।
बागमती प्रदेश सभाका प्रदेश सभामुख भुवनकुमार पाठकले सभामुख पदबाट राजीनामा दिनुभएको छ ।
काठमाडौँको गोँगबुस्थित नयाँबसपार्कबाट ३०० भन्दा बढी सार्वजनिक सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध रहेको बताउँदै अन्तरिम सरकारको प्रधानमन्त्री हुनुभएकाेमा श्रीमती सुशीला कार्कीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
देशको विषम परिस्थितिका कारण थारु समुदायको जितिया पर्व महोत्सवको रुपमा नमनाउने थारु महिलाले निर्णय गरेका छन् । थारु महिला सभाले ३० गते सोमबार पर्यटन बोर्डको सभाहलमा जितिया महोत्सव मनाउने तय गरेको थियो ।
प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भएर मीनभवनस्थित निजामती अस्पतालमा उपचाररत युवालाई भेटेर उहाँहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।
नेकपा (एमाले) ले प्रतिनिधिसभा विघटनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासचिव शंकर पोखरेलले आज विज्ञप्ति जारी गर्दै सो कुरा बताउनुभएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्नुभएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) तथा आदिवासी सम्बद्ध संघ संस्थाले संविधानको मूल मर्म, भावनाअनुसार सर्वपक्षीय सहमतिअनुसार समानुपातिक समावेशी सिद्धान्तको आधारमा अन्तरिम मन्त्रिमण्डल विस्तार गर्न आग्रह गरेको छ ।
पाकिस्तानले एसिया कप क्रिकेटमा विजयी सुरुवात गरेको छ । युएईमा जारी प्रतियोगितामा शुक्रबार राति भएको खेलमा पाकिस्तानले ओमानलाई ९३ रनले हरायो ।
जेनजीले गरेको प्रदर्शन हिंसात्मक भएर तोडफोड र आगलागीबाट ध्वस्त प्रहरी युनिट पुर्नस्थापनाका लागि स्थानीय जुटन थालेका छन्।
रामेछापको मन्थली नगरपालिका– ८, चिसापानीको सुनसान बस्ती । यहाँका अधिकांश मानिसहरू विभिन्न सहरमा रोजगारीको सिलसिलामा गएकाले प्रायः घरहरु खाली रहेका छन् ।
जेनजी आन्दोलनका कारण बन्द गरिएको नेपाल भारत जमुनाहा सीमा नाकामा आवागमन सहज बन्दै गएको छ ।
पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको दक्षिण वजिरिस्तान जिल्लामा शनिबार बिहान करिब ४ बजे पाकिस्तानी तालिबान समूहद्वारा गरिएको आक्रमणमा कम्तीमा १२ सुरक्षाकर्मीको ज्यान गएको छ ।
प्रतिनिधिसभा विघटनलाई आठ राजनितिक दलले असंवैधानिक भनेका छन् ।