• १७ पुस २०८२, बिहिबार

पाकिस्तानको पन्जाबमा भएको सडक दुर्घटनामा १४ जनाको मृत्यु, १६ घाइते

blog

इस्लामाबाद, पुस १७ गते । पाकिस्तानको पूर्वी पन्जाब प्रान्तमा बुधबार बस र भ्यान ठोक्किदा मृत्यु हुनेको सङ्ख्या १४ जनाको पुगेको बताउँदै १६ जना घाइते भएको अधिकारीले बताएका छन् ।

पशु चिकित्सा र पशु विज्ञान विश्वविद्यालयका खेलाडी खेलकुद कार्यक्रममा भाग लिन लाहोर जाँदै गर्दा उनीहरू सवार बस झाङ जिल्लामा भ्यानसँग ठोक्किएर दुर्घटना भएको जिल्ला उपायुक्त अली अकबरले मिडियालाई बताउनु भएको छ । ओभर टेक गर्ने प्रयास गर्दा दुवै गाडीको अत्यधिक गतिका कारण एक आपसमा ठोक्किएर दुर्घटना भएको उहाँले पुष्टि गर्नु भएको छ । 

अधिकारीका अनुसार नौ जना यात्रुको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य पाँच जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो । पछिल्लो समयमा पाकिस्तानमा सडक दुर्घटनाको ग्राफ चिन्ताजनक रूपमा बढ्दै गएको जनाइएको छ भने लापरवाहपूर्ण सवारी हाक्ने, खराब सडकको अवस्था र सिमित सवारी मर्मत लगायतका कारणले दुर्घटनाका दर बढेको जनाइएको छ । रासस/सिन्ह्वा