• २१ चैत २०८२, शनिबार

प्रशिद्ध रौता पोखरी क्षेत्रमा पर्यटन महोत्सव गरिने

blog

भक्तिविलास पोखरेल

गाईघाट, चैत २० गते । उदयपुरको प्रशिद्ध रौतापोखरी क्षेत्रमा चैत अन्तिमसाता ‘प्रथम रौतामाई–त्रियुगा पर्यटन महोत्सव’को आयोजना गरिएको छ 

चैत २९ गते देखि २०८३ वैशाख ३ गतेसम्म सञ्चालन गरिने उक्त महोत्सव त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाको संयुक्त आयोजनामा हुने छ । आयोजकले पत्रकार सम्मेलन गरी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । 

पर्यटन पूर्वाधार विकास, गन्तव्य व्यवस्थापन, सडक पहुँच, सूचना केन्द्र स्थापना तथा दीर्घकालीन योजनाहरु निर्माण तथा कार्यान्वयन गर्ने लक्ष्य लिइएको महोत्सव आयोजक समितिका संयोजक दिनेश श्रेष्ठले बताउनुभयो । 

यसैगरी बेलका नगरपालिका क्षेत्रमा पहिलो पटक ‘प्रथम बेलका प्राकृतिक,सांस्कृतिक तथा साहसिक महोत्सव मेला २०८३’को आयोजना गरिएको छ । बेलका नगर पर्यटन विकास समिति र उदयपुर विकास बोर्डको संयुक्त आयोजनामा तथा जिल्ला समन्वय समिति उदयपुरको समन्वयमा २०८३ वैशाख पहिलोसाता सञ्चालन हुनेगरी सो महोत्सवको तयारी गरिएको छ ।

उदयपुर विकास बोर्डका अध्यक्ष बलदेव चौधरीले महोत्सवमार्फत जिल्लाका प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता तथा साहसिक पर्यटनका सम्भावनाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने लक्ष्य रहेको बताउनुभयो ।