सुनसरीको उत्तरीक्षेत्र प्रकाशपुरमा रहेको पेमा छोइखोरलिङ बौद्ध गुम्बामा बुद्ध मूर्तिको विधिपूर्वक स्थापना गरिएको छ । गुम्बा बनेको लामो समयपछि बुद्धको मूर्ति बौद्ध परम्पराअनुसार स्थापना गरिएको हो ।
कञ्चनपुरमा निषेधाज्ञा जारी भए पनि यातायातका साधन भने सञ्चालनमा आएका छन् । यहाँस्थित यातायात व्यवसायीहरूले निषेधाज्ञाबिच शनिवार बिहानदेखि यातायातका साधन सञ्चालनमा ल्याएका हुन् ।
बागलुङमा बोलेरो जिपले ठक्कर दिँदा घाइते भएका बालकको मृत्यु भएको छ । बागलुङ नगरपालिका-३, गुठीमा बस्ने दुई वर्षीय सचिन किसानको निधन भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपी) वसन्त पाण्डेले जानकारी दिनुभयो।
बाँकेको दुई वटा बालसुधार गृह र एउटा कारागारबाट भागेका ३४२ जना बालबन्दी र कैदीहरूमध्ये हालसम्म ४७ जना पक्राउ परेका छन् । २९५ जना अझै पनि फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
पाकिस्तानको पूर्वी पन्जाब प्रान्तमा आएको बाढीका कारण हालसम्म कम्तीमा ९७ जनाले ज्यान गुमाएका छन् भने ४४ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् ।
रूपन्देहीको निजी तथा संस्थागत शिक्षण संस्थाहरू आइतबारदेखि सञ्चालन हुने भएका छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण अनिश्चितकालका लागि बन्द भएका शिक्षण संस्था आइतबारदेखि सञ्चालन हुने भएका हुन् ।
हुलदङ्गा र असहज परिस्थिति नियन्त्रण गर्न अछाम जिल्लाभर जारी गरिएको कर्फ्यु र निषेधाज्ञा शनिबारदेखि हटाइएको छ । पछिल्लो राजनीतिक घटनाक्रम र जिल्लाको समग्र शान्ति–सुरक्षा अवस्थाको विश्लेषणपछि जिल्ला सुरक्षा समितिको आज शनिबार बिहान बसेको बैठकले निषेधाज्ञा र कर्फ्यू आदेश हटाउने निर्णय भएको हो ।
रूसको क्यामचात्का प्रायद्वीपको तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । यस भूकम्पको केन्द्र पेट्रोपावलोव्स्क-कामचात्स्की शहरको १११ किलोमिटर पूर्वमा थियो, जुन क्यामचात्का क्षेत्रको प्रशासनिक केन्द्र हो ।
नयाँ सरकार गठन भएसँगै बागमती प्रदेशको राजधानी हेटौँडामा पनि आम नागरिकको जनजीवन सामान्य बनेको छ । शनिबार बिहानबाट हेटौँडामा जनजीवन सामान्य बन्दै गएको हो ।
डेमोक्रेटिक गणराज्य कङ्गोको उत्तर-पश्चिमी क्षेत्रमा बिहीबार एक डुङ्गा पल्टिँदा कम्तीमा १०७ व्यक्तिको मृत्यु भएको र १४६ अन्य बेपत्ता भएको छ ।
जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा दाङमा सयौँ सवारी साधनमा आगजनी गरिएको छ। हालसम्म एक सयभन्दा बढी सवारीसाधन जलेको पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार बिहान एक थान कटुवा पेस्तोलसहित मण्डनदेउपुर नगरपालिका –७ घर भई हाल बनेपा नगरपालिका –९ मा कोठामा बस्ने सन्तोष श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ ।
चौरीगाई (याक) लाई हिमाली क्षेत्रका बासिन्दाको प्रमुख आर्थिक आधार मानिन्छ । विषेशगरी याक पालन तीन हजार मिटरभन्दा माथिको क्षेत्रमा गरिन्छ।
डोटी बालगृहबाट भागेर फरार रहेका १६ वर्षीय एक किशोरलाई अछाम प्रहरीले साँफेबगरमा नियन्त्रणमा लिएको छ ।
जेनजी आन्दोलनका कारण देशमा विषम परिस्थिति सिर्जना भएपछि ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा आयोजना गरिएको ‘तिम्बुङ पोखरी ट्रेल रन’ प्रतियोगिता रोकिएको छ ।