संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध घोषणा गरेको छ ।
विश्वभरका मानिसले एक अस्थिर वर्षलाई बिदाई दिँदै बिहीबार सन् २०२६ को सुरुआत उत्साह र आतशबाजीका साथ मनाएका छन् । सन् २०२५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी व्यापार प्रवद्र्धन गर्नुभयो, युक्रेनमा क्रूर द्वन्द्व भड्कियो र तापमान बढ्दै गयो ।
उपल्लो मुस्ताङको कोरला नाकास्थित दसगजा क्षेत्रमा ब्यापार लोमान्थाङ गाउँपालिका-२, छोसेरकी कुन्जङ वाङमो गुरूङले व्यवसाय र ग्राहकलाई आवश्यक पर्ने पिउने पानी नेचुङबाट खानेपानी लैजानुहुन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा मास्क लगाएर मात्र निस्कन आग्रह गरेको छ ।
काठमाडौं उपत्यकाका नदी किनारको मापदण्डप्रति असन्तुष्टि जनाउँदै पीडितहरूले माइतीघर क्षेत्रमा प्रदर्शन गरेका छन् ।
सन् २०२५ मा विश्वभर कुल १२८ जना पत्रकारको हत्या भएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे)ले बिहीबार जनाएको छ । तीमध्ये आधाभन्दा बढी मध्यपूर्वमा भएको हो ।
बाजुरामा कृषि ज्ञान केन्द्रले स्याउ बगैँचा सुदृढीकरण तथा व्यवस्थापन कार्यक्रम सञ्चालन गरेको छ ।
सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) पहिलो संशोधन विधेयक २०८२ प्रदेश सभामा टेबल भएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार विधिको शासन, भ्रष्टाचारमुक्त प्रशासनको प्रत्याभूति गर्दै सुशासन कायम गरी निर्वाचन मार्फत जिम्मेवारी हस्तान्तरण गर्ने निर्वाचनको तयारीमा लागि सकेको बताउनुभएको छ।
सप्तरीको राजविराज नगरपालिकामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
बर्दियामा चितुवाको आक्रमणबाट आज बिहान दुई जना घाइते भएका छन् । घाइते हुनेमा बारबर्दिया नगरपालिका वडा ६ मनिकापुरका ५३ वर्षीय जलवीर थारू र २५ वर्षीय ईश्वर थारू हुनुहुन्छ ।
गण्डकी प्रदेशको मौलिक पहिचान बोकेको लोपोन्मुख ‘ठाडोभाका’ लोकगीतको संरक्षण र पुस्तान्तरणका लागि तनहुँको व्यास नगरपालिकाले विशेष सक्रियता देखाएको छ ।
तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा यहाँस्थित धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक प्रगति ६० प्रतिशत छ ।
केही वर्ष पहिलेसम्म सुख्खा र बाँझो रहँदै आएको बाँके डुडुवा गाउँपालिकास्थित सिधनियाघाटको राप्ती नदीले कटान गरेको नदी छेउको बगर क्षेत्र अहिले हरियालीमा परिणत भएको छ ।
लमजुङ सदरमुकाम बेँसीसहरमा विहिबार १३ औं टोपी दिवस मनाइएको छ । विभिन्न संस्थाको आयोजनामा राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइएको हो ।