डोटी बालगृहबाट भागेर फरार रहेका १६ वर्षीय एक किशोरलाई अछाम प्रहरीले साँफेबगरमा नियन्त्रणमा लिएको छ ।
जेनजी आन्दोलनका कारण देशमा विषम परिस्थिति सिर्जना भएपछि ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा आयोजना गरिएको ‘तिम्बुङ पोखरी ट्रेल रन’ प्रतियोगिता रोकिएको छ ।
युक्रेनको सुरक्षा सेवाले रूसको बाल्टिक सागरमा रहेको प्रमुख तेल टर्मिनल, प्रिमोर्स्क पोर्टमा आक्रमण गरेको जनाएको छ । यस आक्रमणको क्रममा, पोर्टमा रहेका एक तेल वाहक जहाज र एक पम्पिङ स्टेशनमा आगो लागेको छ र तेल आपूर्ति अस्थायी रूपमा रोकिएको छ ।
जेनजीको प्रदर्शनको क्रममा ज्यान गुमाएका नेपालगन्जका एउटै वडाका दुई जना विद्यार्थीमध्ये आयुष थापाको अन्त्येष्टि शनिबार गरिने भएको छ ।
जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका १३ जना कैदीबन्दीलाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि सुशिला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको विषय महत्त्वपूर्ण कदम भनी उल्लेख गरेको छ ।
झापामा प्रशासनले कर्फ्यु र निषेधाज्ञा हटाएको छ । शनिबार बिहान सूचना जारी गर्दै ११ बजेदेखि कर्फ्यु जारी गरेको जिल्ला प्रशासन कार्यालय झापाले केही घण्टापछि जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यु हटाउने निर्णय गरेको उल्लेख गर्दै अर्को सूचना जारी गरेको हो ।
सप्तरीको राजविराज नगरपालिकामा पाँच दिनदेखि फोहोर सङ्कलन नहुँदा नगरक्षेत्र दुर्गन्धित बनेको छ ।
पश्चिम नेपालकै सबैभन्दा ठुलो भन्सार नाका नेपालगन्ज नाकाबाट शुक्रबारदेखि भन्सार कार्यालयले राजस्व सङ्कलन सुरु गरेको छ ।
तराई मधेशका हिन्दु महिलाहरूको महान पर्व जितियालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले शनिबार कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको छ ।
सम्भावित हुलदङ्गा वा अप्रत्याशित गतिविधि नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय, अछामले जिल्लाभार लागु हुने गरेर अनिश्चिकालीन कर्फ्यु र निषेधाज्ञा पुनः जारी गरेको छ ।
नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ । आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा हटेको छ ।
जेनजी आन्दोलनका कारण देशमा विसम परिस्थिति सिर्जना भएपछि ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा आयोजना गरिएको ‘तिम्बुङ पोखरी ट्रेल रन’ प्रतियोगिता रोकिएको छ ।
महोत्तरीमा व्यापक वन फडानी भएको छ । देशभर जेनजी आन्दोलन उत्कर्षमा पुगेको बेला बन्दुकसहित घरेलु हतियार बोकेका समूहले बर्दीबास ४ स्थित टुटेश्वर साझेदारी वनमा निर्ममतापूर्वक रुख फाँडानी गरेका छन् । फडानी गरिएका अधिकांस रुख साल प्रजातीका छन् ।
सडक यातायातको पर्याप्त विकास र यात्रामा बासको उचित प्रबन्ध हुनुअघि नेपाली जनजीवनमा पाटी, ठाँटी, फल्चा र फलैँचाको महत्व ज्यादा थियो । तिनका अवशेष सहर तथा ग्रामीण क्षेत्रका मूलबाटो, बजारमा अझै देख्न पाइन्छ ।