पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा १२ मा रहेको कजरिया टायल्स उद्योगमा काम गर्ने दुई जना मजदुरको मृत्यु भएको छ ।
बिहादी गाउँपालिका–१, क्यूडाँडाका गणेशबहादुर गुरुङले सात वर्षदेखि व्यावसायिक सुन्तलाखेती गर्दै आउनु भएको छ । बाँझो र जङ्गलले भरिएको खेतबारीमा झाँडी फाँडेर उहाँले सुन्तलाखेती लगाउनुभएको हो ।
गुल्मीको रिडीमा जिल्लास्तरीय कृषि मेला प्रदर्शनी हुने भएको छ।
लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सडक पूर्वाधार कार्यालयले किरण नालामा पक्की पुल निर्माण सम्पन्न गरेपछि बाँकेको खजुरा र जानकी गाउँपालिकाको हजारौं बासिन्दालाई आवागमनमा सहजता भएको छ ।
बागलुङमा सडक कालोपत्रका लागि सबैभन्दा महङ्गो मानिने प्रविधि अपनाइएको छ ।
सिर्जना कला साहित्य प्रतिष्ठान नेपालगन्ज बाँकेको आयोजनामा आयोजित कार्यक्रममा उपन्यासकार विष्णुमान श्रेष्ठको उपन्यास “करिस्मा” को विमोचन गरिएको छ ।
शुक्लाफाँटा नगरपालिका-६, करौलमा भू-क्षय नियन्त्रणका लागि स्याली नदीमा तटबन्ध निर्माणका तीन वटा आयोजना अघि बढाइएका छन् । योसँगै नदीका विभिन्न खण्डमा तटबन्ध निर्माण तीव्र रूपमा भइरहेको छ ।
गुर्जालाई चिनाउने एउटा उखान निकै चर्चित छ । ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ सम्म परेको भुगोल, परम्परागत शैलीमा बनेका सुन्दर घरहरु मिलेर बनेको बस्ती र गाउँले जीवन शैली ।
नेपालको उत्तरी रसुवागढी अन्तर्राष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले मितेरी पुल बगाएपछि पूर्ण रूपमा बन्द भएको उक्त नाका आज बिहानदेखि सञ्चालनमा आएको हो ।
यहाँको फुङ्लिङ नगरपालिकाले स्थानीय उद्यमीहरुद्वारा उत्पादित सामग्री खरिद गर्न थालेको छ । उत्पादित सामग्री बजारीकरणमा नगरपालिकाले सहजीकरण सुरु गरेको हो ।
धनकुटा नगरपालिका ३ का किसान खेमप्रसाद भण्डारीको बगानमा सुन्तला पाकेर लटरम्मै देखिएको छ ।
सुनसरीको कोशी गाउँपालिका १ लौकहीमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले कार्यालयमै राष्ट्रिय परिचयपत्रको फाराम निःशुल्क भर्ने व्यवस्था सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार सेवा सुधारको प्राथमिकतामा राष्ट्रिय परिचय पत्रको फारम निःशुल्क भर्न सुरु गरिएको जानकारी दिनुभयो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कोशी प्रदेशमा सुरक्षा चुनौतीहरूबारे समीक्षा भएको छ । विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउने विषयलाई केन्द्रमा राखेर सुरक्षा निकायबिच साझा बुझाइ र रणनीति तय गर्ने प्रयास गरेको हो ।
आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि रौतहटमा १४ हजार ९१८ नयाँ मतदाता थपिएका छन् ।