जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस १३ गते बिहान ९ बजे बारेकोट–८ का ३६ वर्षीय प्रचण्डदेव सिंहसहित छ जना सिकार खेल्न गएकामा प्रचण्ड देवको मृत्यु भएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
तनहुँमा आगामी फागुन २१ गते हुने सङ्घीय निर्वाचनका लागि कुल दुई लाख ५४ हजार ३९७ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार यसमा एक लाख ३० हजार ९०६ पुरुष र एक लाख २३ हजार ४९२ महिला मतदाता रहेका छन् ।
विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
धनुषा प्रहरीले वालेट खातमार्फत अनलाइन ठगी गर्ने ६ जना गिरोहलाई पक्राउ गरेको छ । धनुषा जिल्ला प्रहरी कार्यालयद्वारा बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा डिजिटल वाटेलमार्फत क्यूआर कोड दुरुपयोग गरी सर्वसाधारणलाई ठगी गर्दै आएको एक गिरोहलाई पक्राउ गरेको जनाएको हो ।
धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ ।
बझाङ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने विषय लामो समयदेखि अन्योलमै रहेको छ । झोता र देउरामध्ये कुन स्थानमा कार्यालय राख्ने भन्ने विषयमा सहमति नजुट्दा जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना हुन सकेको छैन ।
आज अङ्ग्रेजी नयाँ वर्ष–२०२६ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले खचाखच हुँदा यहाँका पर्यटन एवं होटल व्यवसायी उत्साहित छन् ।
घर छेउका बारीमा लहरै राखिएका मौरीका घार । घारमा भुनभुनाइरहने मौरीसँगै लोकबहादुरको दिनको सुरुआत हुन्छ र मौरीकै रेखदेखमा दिन बित्छ ।
विश्वका कतिपय सहरमा अनेक खालका प्रदूषण बढिरहेको छ । शुद्ध पानीको अभाव छ । हावा प्रदूषित छ । फोहोरमैलाको प्रभावकारी व्यवस्थापन हुन कठिन भएको छ । जीवाश्म इन्धनको अति प्रयोगले ज
जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रशासन कार्यालय गुल्मीले स्थानीय तहसँग सहकार्य थालेको छ । प्रशासन कार्यालयको आयोजनामा गुल्मीदरबार गाउँपालिकामा शान्ति सुरक्षा, अपराध नियन्त्रण एवम् लागुऔषध दुर्व्यसन नियन्त्रणसम्बन्धी अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले स्थानीय तहसँगको सहकार्यमा शान्ति सुरक्षालाई बलियो र मजबुत बनाउन सकिने बताउनुभएको हो ।
बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई परम्परागत बाजाको संरक्षण गरी आयआर्जनमा जोड्न ‘परम्परागत पञ्चैबाजा’ सिकाउन थालिएको छ ।
केही सातायता दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका केही मुलुक अन्तर्राष्ट्रिय शीर्षक बनेका छन् । कुनै सहमति वा सहकार्य अथवा सम्पन्नताका सन्दर्भमा होइन । अन्योल र अनिश्चयका साथ साथै आर्थिक
लहान नगरपालिका वडा नम्बर १ र २ मा रहेको मुसहर समुदायको बस्तीमा एक महिनामा पाँच युवकको मदिरा सेवन गरेर मृत्यु भएको छ ।
एउटा युग थियो, त्यसबेला साहित्यलाई समाजको ऐना भनिन्थ्यो । आजको युगमा पत्रकारिताले साहित्यभन्दा एक कदम अगाडि पुगेर पत्रकारितालाई समाजको ऐना भन्न थालिएको छ । जनतालाई पत्रकारिता
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।