राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्नुभएको छ ।
नेपालका लागि संयुक्त राष्ट्रसङ्घकी आवासीय संयोजक हाना सिङ्गर हम्डीले नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई बधाईका साथै शुभकामना सन्देश दिनुभएको छ ।
पूर्वी नेपालको औद्योगिक तथा राजनीतिक सहर तथा कोशी प्रदेशको राजधानी विराटनगरले मुलुकलाई पहिलो महिला प्रधानमन्त्री प्रदान गरेको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला विराटनगरकै बासिन्दा हुनुहुन्थ्यो ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईबाहेक अन्य नेता देखिनु भएन ।साथै, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल सहभागी हुनु भएन ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गर्दै हुनुहुन्छ ।
जेनजी आन्दोलनका क्रममा मङ्गलबार राति कास्की कारागार खाली गरी निस्केका कैदी, बन्दी फर्किन सुरु गरेका छन्।
काठमाडौँको नयाँबसपार्कस्थित लोत्से मलमा आगजनी हुँदा ३५ करोडभन्दा बढीको क्षति भएको छ।
राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलका अनुसार शुक्रबार साँझ ९ बजे राष्ट्रपति कार्यालयमा शपथ कार्यक्रमको लागि तयारी भएको छ।
राजनीतिक सहमति जुटेसँगै प्रधानमन्त्री पदमा सुशीला कार्कीको नियुक्ति तथा शपथग्रहण आजै हुने भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का ३२ वटा केन्द्रीय विभागले पार्टीलाई जेन-जीको चाहना बमोजिम बनाइने प्रतिबद्धता गरेका छन्।
जेनजी आन्दोलनका क्रममा तनहुँमा ७८ सवारीसाधन र ३१ भौतिक संरचनामा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले सङ्कलन गरेको विवरणअनुसार निजी तथा सरकारी सवारीसाधन र भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ।
‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएका नेपाल प्रहरीसहितका केहीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले स्रोत नखुलेको नगद र सुनको गहनासहित एक जनालाई पक्राउ गरेको छ।
सधैँभरि भिडभाड देखिने सिंहदरबार परिसर शुक्रबार कार्यालय सञ्चालन हुने दिन भए पनि सुनशान देखियो। शुक्रबार भएकाले अपराह्न ३ बजे कर्मचारीको छुट्ने समयमा तीनवटै प्रवेशद्वारमा सवारी चाप हुने गरेकामा आज त्यो देखिएन।