आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि रौतहटमा १४ हजार ९१८ नयाँ मतदाता थपिएका छन् ।
७३ मेगावट क्षमताको सानिमा मिडल तमोर हाइड्रोपावरको उत्पादन करिब तीन साता अघिदेखि ठप्प भएको छ । ताप्लेजुङमा उत्पादन सुरु गरेका मध्ये सबैभन्दा धेरै क्षमताको जलविद्युत सानिमाको गत मङ्सिर अन्तिम सातादेखि उत्पादन ठप्प भएको हो ।
पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।
निर्माण कम्पनीको लापरबाही र बेवास्ताका कारण बाँके जिल्लाको जानकी गाउँपालिका–५ मा निर्माणाधीन सुत्केरी भवन अलपत्र अवस्थामा छ । करिब एक करोड २५ लाख रुपियाँ लागतमा सुरु गरिएको सो भवन ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको हो ।
कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक जना गम्भीर घाइते हुनुभएको छ । घाइते हुनेमा जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाटास्थित शुक्रराज टोलका ४० वर्षीय छक्कु डगौरा हुनुहुन्छन् ।
मनास्लु पदमार्गअन्तर्गत मनाङ जिल्लाको तिल्चे–सुतिखोला खण्डमा मोटरबाटो निर्माण भएपछि पर्यटकीय पदमार्ग प्रभावित बनेको विषयमा सम्बन्धित सरोकारवालाबिच छलफल गरिएको छ ।
कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले भेडेटार पूर्वकै प्रमुख पर्यटकीय गन्तव्य भएकाले यहाँको पर्यटन प्रवर्धनमा प्रदेश सरकारले सहयोग गर्ने बताउनुभएको छ ।
कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्ला जलवायु संवेदनशील जिल्लामा पर्दछ । जुम्लामा रहेका हिमतालको हिउँ पग्लिँदै जानु, अनियमित वर्षा हुनु, पानीको अभाव र खाद्य असुरक्षाले यहाँको जनजीव
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ४१ वटा मतदान स्थल थपिएका छन् । मतदाताको सङ्ख्या, पायक स्थल र निर्वाचनको सहजताका लागि मतदान स्थल थप गरिएको हो ।
तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ ।
गृह मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अवधिमा गरेको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय मनाङ देशभरकै उत्कृष्ट ठहरिएको छ । मन्त्रालयले सार्वजनिक
तीन महिनाका लागि नेपाल र चीनको सिमाना हिल्सामा स्थापना गरिएको यारी नाका भन्सार कार्यालय बन्द गरिएको छ । हिल्सामा चीनको ताक्लाकोटबाट व्यापारी र सामान आयात रोकिएपछि कुनै कारोबार नहुँँदा भन्सार कार्यालय बन्द गरिएको हो ।
दाङको घोराही उपमहानगरपालिका र बङ्गलाचुली गाउँपालिकालाई जोड्ने गरी सुकाखोलामा पक्की पुल निर्माणको काम सुरु भएको छ । बिपीमार्ग अन्तर्गत रामपुर–सिमलतारा–हाँसीपुर सडक अन्त
कञ्चनपुरको भीमदत्त नगरपालिकामा झन्डै एक करोड लागतमा निर्माण गरेको फोहोरको सूक्ष्म वर्गीकरण केन्द्र प्रयोगविहीन अवस्थामा पुगेको छ । एकातिर डम्पिङ साइट निर्माण गर्न
दाङको राजपुर गाउँपालिका–६, गङ्गदीकी दुर्गा चौधरी जन्मँदा सामान्य हुनुहुन्थ्यो तर गरिबी उहाँका लागि जन्मसँगै आएको नियति बन्यो । घरको आर्थिक अवस्था कमजोर भएकै कारण उहाँ सानै उमेरदे