• १७ पुस २०८२, बिहिबार

एक करोड ६८ लाखमा भवन निर्माण

blog

ढोरपाटन (बागलुङ),  पुस १७ गते ।  तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । 

वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन निर्माण गरिएको छ । सभाहल दुई सय सीट क्षमताको  छ । भवनले नौ आना जग्गा चर्चेको छ । निर्माण कम्पनीले भवन हस्तान्तरण गर्नासाथ सोही स्थानबाट सेवा प्रवाह हुनेछ । 

वडा नम्बर १ र २ भाडाको भवनबाट सञ्चालन भइरहेको  छ भने वडा नम्बर ६ को भवन निर्माणाधीन छ । वडा नम्बर ४ को भवन बनाउन जग्गा व्यवस्थापन गर्न बाँकी छ ।  रासस