जेनजी आन्दोलनको क्रममा भदौ २४ गतेदेखि बन्द भएका जिल्लाका स्थानीय तहहरु सेवा प्रवाहबारे अन्यौलमा परेका छन् । अन्यौलबीच पालिकाका कर्मचारीहरु बसेका छन् । कतिपय कर्मचारी घर जान पनि सकेका छैनन्, कार्यालय पनि नखुलेपछि अलमलमा छन् ।
तनहुँ जिल्लामा चर्किएको जेनजी आन्दोलनकाले गर्दा ठुलो भौतिक क्षति भएको छ । आन्दोलनका क्रममा सरकारीदेखि निजी भवनसम्म, सामान्य पसलदेखि राजनीतिक दलका कार्यालयसम्म तोडफोड र आगजनी भएका छन् ।
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले ‘एक वडा, एक कृषि प्राविधिक’ योजना कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले प्रत्येक वडामा एकजना कृषि प्राविधिकको व्यवस्था गर्दै योजना कार्यान्वयनमा ल्याएको हो ।
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ९५ पैसा र बिक्रीदर १४१ रुपियाँ ५५ पैसा निर्धारण गरिएको छ ।
जेन जी आन्दोलन र कफ्र्युका कारण अर्थ मन्त्रालयमातहत आन्तरिक राजस्व र भन्सार राजस्व सङ्कलन प्रभावित भएको छ । आन्तरिक राजस्व विभाग र कार्यालयहरू तथा भन्सार कार्यालयमा तोडफोड र आगजनीका कारण भएको क्षतिले राजस्व सङ्कलनका साथै आयातनिर्यात प्रभावित भएको थियो ।
चितवन जिल्लामा जारी कफ्र्यु आदेश हटेपछि जनजीवन सामान्य बन्दै गएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना जारी गर्दै अवस्था सामान्य हुँदै गएकाले कफ्र्यु आदेश हटाइएको जानकारी दिनुभएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । शनिबार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
नेपालमा पहिलो पटक भएको राष्ट्रिय अध्ययनले नेपालका युवायुवतीमा यौन दुर्बलताको दर उच्च रहेको देखाएको छ । यस्तै पछिल्ला दिनमा बाँझोपनको समस्या बढ्दै गएको छ । नेपालमा विवाहित १० देखि १५ प्रतिशत दम्पती बाँझोपनबाट प्रभावित भइरहेका छन् ।
सधैँभरि भिडभाड देखिने सिंहदरबार परिसर आज कार्यालय सञ्चालन हुने दिन भए पनि सुनशान देखियो । शुक्रबार भएकाले अपराह्न ३ बजे कर्मचारीको छुट्ने समयमा तीनवटै प्रवेशद्वारमा सवारी चाप हुने गरेकामा आज त्यो देखिएन ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको काम केही समय केशरमहलबाट सम्पादन हुने भएको छ । ‘जेनजी’ समूहको आन्दोलनबाट मन्त्रालयको भौतिक संरचनामा ठुलो क्षति भएपछि केही समयका लागि केशरमहलबाट मन्त्रालयका सेवा सम्पादन हुने मन्त्रालयका सचिव चुडामणि पौडेलले जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यकाबाट बाहिरिने सार्वजनिक यातायात क्रमशः सञ्चालन हुन थालेका छन् । ‘जेनजी’ आन्दोलनका कारण निषेधाज्ञा र कफ्र्यु लगाइएपछि बन्द रहेका सार्वजनिक सवारी शुक्रबार स्वस्फूर्त रूपमा सञ्चालन भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ तर यात्रुको चहलपहल भने हुन सकेको छैन ।
नवयुवा (जेनजी) प्रदर्शन हिंसात्मक बनेसँगै अराजक तथा आपराधिक समूहले नेपाल प्रहरीबाट लुटेका २६८ थान हतियार नेपाली सेनाले देशका विभिन्न स्थानबाट कब्जामा लिएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हतियारसहित पक्राउ परेकामा अधिकांश जेलबाट भागेका कैदी रहेका छन् ।
नेपालको न्याय प्रणालीमा नवीनतम रूपान्तरणको पक्षधर पूर्वप्रधान न्यायाधीश सुशीला कार्की आठ वर्षअघि सर्वोच्च अदालतको जिम्मेवारीमा रहँदा न्यायालयमा नवीन विधि स्थापित भयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्नुभएको छ ।