• १७ पुस २०८२, बिहिबार

मोतीविन्दुको शल्यक्रिया

blog

अर्जुन चौपारी–२, लामडाँडामा मोतीविन्दुको शल्यक्रिया गर्नुहुँदै डा. कृष्ण गुरुङ । तस्बिर : अर्जुन काफ्ले

स्याङ्जा समाचारदाता 

स्याङ्जा, पुस १७ गते  । अर्जुनचौपारी गाउँपालिका–५ की ८० वर्षीय पवित्रादेवी विकले आँखा देख्न थाल्नुभएको छ । १० वर्षदेखि नै कम आँखा देख्ने विकले पाँच वर्षबाट दुवै आँखामा मोतीविन्दु भएपश्चात् देख्न छोड्नु भएको थियो । 

आर्थिक अभावमा पोखरा पुगेर मोतीविन्दुको उपचार गर्न नसक्नुभएकी विकले वडा नं. २ मा पालिकाको आयोजना र हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा निःशुल्क शल्यव्रिmयामा दुवै आँखा देख्न थाल्नुभएको हो । शौचालय जाँदा घरपरिवारका सदस्यले लग्नु परेको उल्लेख गर्दै विकले शल्यव्रिmयापश्चात् आँखा देखेको बताउनुभयो । एकचोटि आँखाको उपचारमा पोखरा पुगेको बताउँदै विकले रकम नहुँदा औषधी लिएर शल्यक्रिया नगरी घर फर्केको बताउनुभयो । 

वडा नं. ६ का ८१ वर्षीय छविलाल देवकोटाले पनि यहाँ आयोजित निःशुल्क शिविरमा देब्रे आँखाको शल्यव्रिmया गर्नुभएको हो । दाहिने आँखाको एक वर्षपहिला पोखरामा पुगेर ३० हजार रुपियाँ खर्च गरेर शल्यक्रिया गर्नुभएका देवकोटाले पालिकामै देब्रे आँखाको निःशुल्क सफल शल्यव्रिmया गर्नुभएको हो । पोखरा गएर एक आँखाको शल्यक्रियामा पैसा खर्च भएको र पाँच दिन लागेको बताउँदै देवकोटाले यहाँ एक रुपियाँ खर्च नगरी दुई दिनमै मोतीविन्दुको शल्यक्रिया गरेर र पूर्ण रूपले देख्न थालेको बताउनुभयो । शिवरमा ८८ वर्षीय प्रेमबहादुर गुरुङ र ४० वर्षीय सन्तोष गुरुङको मोतीविन्दुको शल्यक्रिया गर्नुभएको हो । 

पुस ७, ८ र ९ गते पालिकाले वडा वडामा पुगेर आयोजना गरेको आँखा उपचार कार्यक्रममा ५७३ जनाले उपचार गरेकोमा ७६ जनामा मोतीविन्दु पहिचान भएको थियो । पहिचान भएकामध्ये पुस १५ गते ४३ जना र १६ गते १८ गरेर ६१ जनाको सफल शल्यक्रिया गरिएको हो । आर्थिक अभावमा आँखाको उपचार नपाएका वृद्ध आमाबुवाको गाउँमै पुगेर पहिचान गरी शल्यक्रिया गरेको पालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो । पालिकाका नागरिक कुनै रोगबाट प्रभावित हुनु नपर्ने बताउँदै तिवारीले समस्या भएमा पालिकालाई तत्काल खबर गर्न आग्रह गर्नुभयो । निःशुल्क शल्यक्रियामा डा. कृष्ण गुरुङले सबै मोतीविन्दुका बिरामीको सफल एसआइसिएस शल्यक्रिया गर्नुभएको थियो । 

शल्यक्रियाले ग्रामीण तथा आर्थिक रूपमा कमजोर नागरिकलाई ठुलो राहत पुगेको छ भने गाउँपालिकाले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।