धरान उपमहानगरपालिका कारागारबाट भागेका १२ जना कैदीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
कर्फ्यू खुकुलो भएपछि कैलालीको जनजीवन विस्तारै सामान्य बन्न थालेको छ। स्थानीय प्रशासनले कर्फ्यू खुकुलो पार्दै साँझ बिहान आवतजावत गर्न दिन थालेपछि जनजीवन सामान्य बन्दै गएको हो।
नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएशन लगायतले सप्तरीमा सांकेतिक रुपमा सेभ नेशन, सेभ द कन्टिच्युसन लेखेको प्लेकार्ड र संविधानको पुस्तक सहित मौन प्रदर्शन गरेका छन् ।
सप्तरीको सदरमुकाम राजविराजमा दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ । राजविराज नगरपालिका–१६ का दुई जनामा हैजाको जीवाणु देखिएको हो।
रामकृष्ण बोहराबागलुङ, भदौ २७ गते । जेनजी आन्दोलनपछिको परिस्थिति सम्हाल्न संवैधानिक बाटो अपनाउनुपर्ने भन्दै नेपाल बार र पत्रकारले पहल थालेका छन् । शुक्रबार दिउँसो उच्च अदालत बार इकाई बागलुङ र नेपाल पत्रकार महासंघ बागलुङ शाखाले संयुक्त रुपमा मौन र्याली निकाल्दै संवैधानिक मार्ग खोज्न राज्यको ध्यानाकर्षण गराएका हुन् ।कालोकोट लगाएका कानुन व्यवसायीको साथमा पत्रकारले हातमा संविधानको किताव बोकेर र्याली आयोजना गरेका हुन् । ‘राष्ट्र बचाऔ, संविधान जोगाऔं’ अंकित प्लेकार्ड पनि उनीहरुले बोकेका थिए । उच्च अदालत बार एसोसिएसन बागलुङ र नेपाल पत्रकार महासंघ बागलुङले अभियानका अन्य क्रियाकलापमा बार र महासंघ सँगैजाने योजनामा सुनाएका छन् ।तीन दिनदेखि बागलुङमा दिउँसो निशेधाज्ञा र रातमा कर्फ्यू लागेको छ । निशेधाज्ञाका बाबजुद कानुन व्यवसायीले शुक्रबार कालो कोट लगाएर, हातमा संविधानको किताब समात्दै दबाव दिएका छन् । उनीहरुले संविधान बचाउन सकियो भने संविधानले देश बचाउने भनेका छन् । उच्च अदालत बार एसोसिएशनका अध्यक्ष गीता श्रीष र नेपाल पत्रकार महासंघका अध्यक्ष राम थापा ‘अविरल’ ले र्यालीको नेतृत्व गर्नुभएको थियो ।
बेलायती राजकुमार ह्यारी शुक्रबार घाइते सैनिक सदस्यको समर्थनका लागि आकस्मिक रूपमा युक्रेन पुग्नुभएको छ । यो उहाँको चार वर्षभित्रको दोस्रो भ्रमण हो ।
पोखरा महानगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा तत्कालका लागि बन्द गर्ने निर्णय गरेको छ।
पूर्व राष्ट्रपति डा. रामवरण यादवले २०८२ भदौ २३ र २४ गते ‘जेन–जी’ आन्दोलनका क्रममा भएको हिंसा, आगजनी र तोडफोडले मुलुकलाई कम्पित बनाएको भन्दै गहिरो दुःख व्यक्त गर्नुभएको छ।
देशैभर जेनजी आन्दोलनका कारण अस्तव्यस्त बनेसँगै त्यसको प्रत्यक्ष असर धनकुटामा पनि परेको छ । तर शुक्रबारदेखि भने यहाँको दैनिक जनजीवन क्रमशः सामान्य बन्दै गएसँगै चहलपहल समेत बढ्दै गएको छ ।
गोरखामा जेनजी आन्दोलनका प्रभावले चार दिनदेखि यातायात, उद्योग व्यापार र व्यवसाय ठप्प छन्।
जिल्ला प्रशासन कार्यालय दाङले कर्फ्यू हटाएपछि घोराहीसहित दाङको जनजीवन पुरानै लयम फर्किदैछ। जिल्लाको मुख्य बजार घोराहीहमा नागरिकहरुको चहल–पहल बढदैगएको छ । त्यस्तै, किराना पसल, होटेल, डेरी उद्योग, फेन्सी पसलहरु समेत खुल्न थालेको छ ।
संयुक्त राष्ट्रसङ्घीय महासभाले शुक्रबार ‘न्युयोर्क घोषणा’ नामक प्रस्तावमाथि मतदान गर्दै इजरायल-प्यालेस्टाइन द्वन्द्वमा दुई-राज्य समाधानलाई नयाँ जीवन दिने प्रयास गर्ने छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलबार जारी गरेको अनिश्चितकालीन कर्फ्यू आदेशलाई शुक्रबार पनि निरन्तरता दिएको छ।
पेट्रोलियम निर्यात गर्ने देशको संगठन (ओपेक)ले विश्वव्यापी तेल माग वृद्धिको पूर्वानुमान सन् २०२५ र २०२६ का लागि यथावत राख्ने निर्णय गरेको बिहीबार आफ्नो मासिक तेल बजार प्रतिवेदन मार्फत सार्वजनिक गरेको हो ।
जिल्ला कारागार तनहुँबाट भागेका ३२७ कैदीबन्दीमध्ये ४५ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ ।