पेरुमा भएको रेल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना घाइते भएका छन् । मृतक रेल चालक रहेको कुस्कोको प्रोसिक्युटर कार्यालयले पुष्टि गरेको छ ।
भारतले ६५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को प्रतिस्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नवीकरण गरेको छ ।
महोत्तरी जिल्लाको मटिहानीमा रहेको संस्कृत क्याम्पसको छात्रावासमा रहेका विद्यार्थीलाई शीतलहरबाट जोगाउन मटिहानी नगरपालिकाले कम्बल वितरण गरेको छ ।
मङ्गोलियन सरकारले बुधबार दक्षिण कोरियाका नागरिकलाई मङ्गोलियाको छोटो अवधिको भ्रमणमा सन् २०२६ को अन्त्यसम्म भिसा छुट प्रवेश विस्तार गर्ने निर्णय गरेको जनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बिच लामो समयदेखिको विभाजन अन्त्य गर्दै पार्टी एकता भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विकास बोर्डका पदाधिकारीको कार्यअवधी जति धेरै राख्यो त्यति नै प्रभावकारी काम गर्न सकिने बताउनुभएको छ ।
इजरायली कब्जा बल (आइओएफ)ले बुधबार कब्जा गरिएको वेस्ट ब्याङ्कमा छापा मारी चार प्यालेस्टिनी सर्वसाधारणलाई पक्राउ गरेको छ ।
सुन्दा अचम्म लाग्न सक्छ, महँगीको वर्तमान समयमा कास्कीको पोखरा महानगरपालिका–२८ माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयले विद्यालयका विद्यार्थीलाई प्रतिछाक खाना रु ३० मा खुवाउँदै आएको छ ।
लमजुङको सुन्दरबजार नगरपालिका –२, आहाले चौरमा तेस्रो खुला गोरु जुधाई प्रतियोगिता सम्पन्न भएको छ । स्थानीय सुन्दरबजार देवभूमि युवा क्लवले आयोजना गरेको प्रतियोगितामा २१ जना कृषकको गोरु जुधाइएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जेनजी आन्दोलनको मर्मलाई सम्बोधन गर्दै पार्टी अघि बढिरहेको बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ता पानी पाइपलाइन र मूल अमेरिकी आरक्षणको विस्तार सम्बन्धी दुई विधेयक खारेज गर्दै आफ्नो दोस्रो कार्यकालमा पहिलो पटक भिटो शक्तिको प्रयोग गर्नु भएको छ ।
रौतहटमा बढ्दो चिसो र शीतलहरबाट प्रभावित सर्वसाधारणलाई राहत पुर्याउने उद्देश्यले नेपाली सेनाले दाउरा वितरण गरेको छ ।
चीनले दक्षिणी टापु प्रान्त हैनानको वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट बुधबार दुई नयाँ उपग्रह सफलतापूर्वक कक्षमा पठाएको छ । ‘शिजियान-२९ए’ र ‘शिजियान-२९बी’ नामका उपग्रह बिहान ६:४० बजे (बेइजिङ समय) लङ मार्च-७ए वाहक रकेटमार्फत प्रक्षेपण गरिएका हुन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रकाश रानाबिच आज भेटवार्ता भएको छ ।
माली र बुर्किना फासोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका यात्रा प्रतिबन्धको प्रतिकार स्वरूप अमेरिकी नागरिकहरूको आफ्ना देशमा प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् ।