रूसले पोल्यान्डलाई बेलारुससँगको सिमाना बन्द गर्ने निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ । बिहीबार, रूसको विदेश मन्त्रालयका प्रवक्ता मारिया झाखारोभाले उक्त जानकारी दिनुभएको हो ।
रुपन्देहीमा केही दिनदेखि जारी कर्फ्यु शुक्रबार बिहानबाट हटाइएपछि जनजीवन सामान्य बन्न थालेको छ ।
मङ्गलबार राति बैतडी कारागारमा भएको तोडफोड र आगजनीपछि फरार भएका कैदीमध्ये १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जेनजीको आन्दोलनका कारण देशमा उत्पन्न असहज परिस्थिति विस्तारै सहज हुदै गएपछि भदौ २५ देखि बन्द गरिएको बिरुवा गाउँपालिका शुक्रबारबाट खुल्ने भएको छ ।
गुल्मीमा जेनजी आन्दोलनका क्रममा मुख्य तीन पार्टी नेपाल एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यालयहरुमा क्षति पुग्यो ।
खोलामा डुबेर रौतहटमा एक बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार इशनाथ नगरपालिका–१ का फौडि साहको १५ वर्षीय छोरा बिगन साह बिहीबार दिउँसो खोलामा डुबेर बेपत्ता भएका हुन् ।
जेनजीको आन्दोलनका क्रममा गत मङ्गलबार सरकारी कार्यालयहरूमा आगजनी भएपछि ती कार्यालयको सेवा पूर्ण रूपमा ठप्प भएको छ । वीरेन्द्रनगर नगरपालिका, नापी कार्यालय, वीरेन्द्रनगर नगरपालिकाका १ देखि १२ नम्बर कार्यालय कार्यालय आगजनीबाट ध्वस्त पारिएको छ ।
तनहुँको सदरमुकाम दमौलीस्थित जिल्ला प्रशासन कार्यालय जेनजी आन्दोलनको क्रममा आगजनी हुँदा पूर्ण रूपमा ध्वस्त भएपछि सेवा अब अस्थायी कार्यालयमार्फत सञ्चालन हुने भएको छ ।
कैलालीका धेरै जसो सरकारी कार्यालय खरानी बनेपछि ती कार्यालयबाट नागरिकले प्राप्त गर्ने सेवा प्रभावित भएको छ । सेवाग्राहीको दैनिक भिडभाड रहने महत्वपूर्ण कार्यालयहरू जेनजीको आन्दोलनका क्रममा जलाइएपछि नागरिकको काम प्रभावित भएको हो । कार्यालयको भौतिक संरचनादेखि लिएर कम्प्युटर, फाइल, कागजातलगायतका सामग्री जलेर खरानी बनेपछि तीन दिनदेखि अधिकांश सरकारी कार्यालयको सेवा ठप्प छन् । भौतिक संंरचना र आवश्यक सामग्री जलेपछि कर्मचारी पनि अलमलमा छन् ।
प्रशासनले मधेश प्रदेशको समग्र शान्तिसुरक्षाको अवस्था विश्लेषण गर्दा अवस्था सुधार हुँदै गए पनि पूर्ण रूपमा सहज भने भएको छैन । जिल्लाको आवश्यकता अनुसार स्थानीय प्रशासनले कफ्र्युको समय थपघट गर्दै आइरहेको छ ।
जेनजीले गरेको आन्दोलनको गलत फाइदा उठाउँदै पूर्वी नेपालको विभिन्न कारागारबाट भागेका र भाग्ने प्रयास गरेका कैदीबन्दीलाई नेपाली सेनाले नियन्त्रणमा लिएर पुनः कारागारमा बुझाइएको छ ।
विद्यमान परिस्थितिलाई लिएर नेपाली सेनासम्बन्धी विभिन्न प्रकारका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भइरहेको अवस्थामा नेपाली सेनाले आफूले गर्ने गतिविधि र धारणा नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको जनाएको छ ।
चितवन जिल्लामा जारी कर्फ्युआदेश हटेपछि जनजीवन सामान्य बन्दै गएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना जारी गर्दै अवस्था सामान्य हुँदै गएकाले कफ्र्यु आदेश हटाइएको जानकारी दिनुभएको छ ।
बडादशैँ र तिहारलगायतका पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।
कारागार कार्यालय सप्तरीको गेट तोडेर बुधबार फरार भएका कैदीमध्ये शुक्रबार बिहानसम्म ५७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।