प्रत्येक शुक्रबार बन्द हुँदै आएको ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार खुला गरिएको छ । दसैँ तिहारजस्ता चाडपर्व नजिकिएसँगै फुङ्लिङ बजार खुला गरिएको छ ।
ताप्लेजुङमा सेप्टी ट्याङ्कीको खाल्टोमा पौडी खेल्ने क्रममा दुई बालबालिकाको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका–३ साँघु थक्लुङ टोलकी नौ वर्षीया याङजु शेर्पा र सोही उमेरका मौसम लिम्बूको मृत्यु भएको हो ।
राजनीतिक दल तथा दलका युवा नेताले संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाटै जेनजी आन्दोलनको माग सम्बोधन हुन सक्नेमा विश्वस्त रहेको बताउनुभएको छ । उहाँहरूले जेनजी पुस्ताको माग लोकतन्त्र र संविधानविरुद्ध नरहेको आफूहरूको बुझाइ रहेको पनि बताउनुभएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ २२ पैसा र बिक्रीदर १४१ रुपियाँ ८२ पैसा निर्धारण गरिएको छ ।
कपिलबस्तु कारागारबाट भागेका ९० जना कैदीबन्दीहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार मंगलबार बिहान तोडफोड गरेर कपिलबस्तु कारागारबाट भागेकामध्ये ९० जनालाई नियन्त्रणमा लिएर पुनः कारागार पठाएको बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधानको मर्म, सङ्घीय गणतान्त्रिक शासन व्यवस्था, लोकतान्त्रिक मूल्य र मान्यतामा कसैसँग सम्झौता गर्न नसकिने बताएको छ ।
संघीय लोकतान्त्रिक मोर्चाले संसदभित्रैबाट समस्या समाधान सम्भव हुने भन्दै असंवैधानिक बाटोबाट जोगिन सबैलाई अपिल गरेको छ ।
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई निरन्तरता दिने निर्णय भएको छ ।
इन्द्रजात्राको अन्तिम दिन लिङ्गो ढलाइने साइत १०ः३२ को भएता पनि पुन साइत निकाली साँझ ढलाइएको हो। यो सँगै यस वर्षको इन्द्रजात्रा सम्पन्न भएको छ।
अन्य सुरक्षा निकायका समन्वयमा नेपाली सेनाले सुरक्षाको नेतृत्व लिएपछि अहिले काठमाडौँ उपत्यका सहित देशभर नै जनजीवन सामान्यतर्फ अघि बढेको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेनजी’ आन्दोलनमा परी अहिलेसम्म अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार बढी घाइतेहरुको उपचार भएको जनाएको छ।
ताप्लेजुङमा कर्फ्यूको समय थप भएको छ। सम्भावित हुलदङ्गा, तोडफोडजस्ता अराजक गतिविधिका कारण शान्ति सुरक्षामा खलल आउनसक्ने अवस्थालाई दृष्टिगत गरी शुक्रबार बिहान ६ बजे सम्मका लागि कर्फ्यू जारी गरिएको हो।
झापामा जेएनजेको प्रदर्शनमा दुई जनाको मृत्यु भएको हो। बिहीबार घाइते एक जनाको मृत्यु भएसँगै झापामा मृत्यु हुनेको संख्या दुई पुगेको हो।
देशका विभिन्न कारागारबाट भागेका १६६ कैन्दीबन्दीलाई सुरक्षाकर्मीले पक्राउ गरेका छन्। नेपाली सेना ,सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले जिल्लाका विभिन्न भागबाट आज उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै संवैधानिक प्रावधानअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ।