फेसन डिजाइनर प्रबल गुरुङले नेपालको जेन जी आन्दोलनमा समर्थन जनाउनुभएको छ । सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत प्रबलले भ्रष्टाचार, आर्थिक अस्थिरताविरुद्ध नेपालको युवा आन्दोलनप्रति ऐक्यबद्धता जनाउनुभएको छ ।
मुख्य नाच भएर पनि जिल्लामा बिरलै रूपमा नाच्ने गरिएको हुड्के नाच साना विद्यार्थीले सिक्न थालेका छन् । यसको सांस्कृतिक महìव बचाउन र संरक्षण गर्न साना नानीहरूले यसलाई सिकेर आफ्नो कला प्रदर्शनी गर्न थाल्नुभएको हो ।
जेनजीको आन्दोलन तथा देशमा प्रतिकूल परिस्थितिको कारण मल्टिप्लेक्स हलहरू अनिश्चितकालका लागि बन्द गरिएको छ ।
नागी–राम्चे सडकको थावनगाउँ नजिकै छहरेखण्डमा गत असारको तेस्रो साता पहिरोले भत्काएको सडक स्थानीयवासीले श्रमदान गरेर मर्मत गरी यातायात सञ्चालन गरेका हुन् ।
पोखरा थिएटरमा मञ्चन भइरहेको नाटक ‘एक चिहान’ स्थगित भएको छ । थिएटरले सूचना जारी गर्दै जेन जीको प्रदर्शनपछि उत्पन्न परिस्थितिले गर्दा अर्को सूचना नभएसम्म नाटक मञ्चन स्थगित गरिएको जनाइएको छ ।
जेन जी प्रदर्शनका कारण सोमबारदेखि बुधबार (भदौ २३ देखि २५ गते) सम्म बन्द रहेका बैङ्क तथा वित्तीय संस्था बिहीबारदेखि सञ्चालनमा आएका छन् । प्रदर्शनपछि तोडफोड र आगजनीका घटना बढेपछि बैङ्क तथा वित्तीय संस्थाले कार्यालय खोलेर कारोबार गरेका थिएनन् । यद्यपि उक्त अवधिमा डिजिटल कारोबार भने यथावत् नै थियो ।
दुई दिनदेखि पूर्ण रूपमा बन्द भएका बजार सामान्य व्यवसाय सञ्चालनमा आउन थालेका छन् । जेन जी पुस्ताले गरेको आन्दोलनका कारण बन्द भएका पसल नेपाली सेनाले बुधबार रातिदेखि जारी गरेको निषेधाज्ञा र कफ्र्यु खुकुलो बनाउँदै गर्दा काठमाडौँ उपत्यकाको बजार बिहीबारदेखि क्रमशः सञ्चालनमा आएको हो । बजार पसल खुल्न थालेपछि जनजीवनसमेत सामान्य अवस्थामा आउन थालेको छ ।
आगलागीबाट भाटभटेनी सुपर मार्केटका देशभर रहेका १२ शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । जेन जी पुस्ताले गरेको आन्दोलनका क्रममा आगलागीबाट १२ शाखा स्टोर पूर्ण क्षति र नौ शाखामा लुटपाट र तोडफोड भएको भाटभटेनी सुपर मार्केटले जनाएको छ ।
सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगको उत्पादन तीन दिनयता ठप्प छ । उद्योगका सञ्चालक यो परिस्थितिका बारेमा केही बोल्न नसक्ने अवस्थामा रहेको प्रतिक्रिया दिन्छन् । चाडपर्व नजिकिँदै गर्दा बजार चलायमान हुने समयनजिक छ तर उद्योगका उत्पादन बन्द गरेर बस्नुपर्ने स्थिति धेरैका लागि तनाव बनेको छ ।
विगत तीन दिनदेखि उपत्यकामा जारी निषेधाज्ञाका कारण सङ्घीय राजधानी काठमाडौँमा ताजा तरकारी आपूर्ति हुन छोडेसँगै अभाव हुन थालेको छ । देशकै ठुलो तरकारी बजार कालीमाटीमा जेन जी पुस्ताको आन्दोलनले निम्ताएको परिस्थितिका कारण जारी निषेधाज्ञामा उपत्यका र उपत्यकाबाहिरबाट तरकारी आपूर्ति हुन नसकेपछि तरकारी अभाव भएको हो ।
चितवनको भरतपुर कारागारबाट भागेका कैदीबन्दी फर्किन थालेका छन् । बुधबार बिहान आगजनी गरेर निस्किएका कैदीबन्दीमध्ये ५४ जना आफँै फर्किएका हुन् ।
तनहुँमा दुई फरक–फरक स्थानमा फेला परेका दुई महिलाको शव हालसम्म सनाखत हुन सकेको छैन ।
प्रत्येक शुक्रबार बन्द हुँदै आएको ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार खुला गरिएको छ । दसैँ तिहारजस्ता चाडपर्व नजिकिएसँगै फुङ्लिङ बजार खुला गरिएको छ ।
ताप्लेजुङमा सेप्टी ट्याङ्कीको खाल्टोमा पौडी खेल्ने क्रममा दुई बालबालिकाको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका–३ साँघु थक्लुङ टोलकी नौ वर्षीया याङजु शेर्पा र सोही उमेरका मौसम लिम्बूको मृत्यु भएको हो ।
राजनीतिक दल तथा दलका युवा नेताले संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाटै जेनजी आन्दोलनको माग सम्बोधन हुन सक्नेमा विश्वस्त रहेको बताउनुभएको छ । उहाँहरूले जेनजी पुस्ताको माग लोकतन्त्र र संविधानविरुद्ध नरहेको आफूहरूको बुझाइ रहेको पनि बताउनुभएको छ ।