बाक्लो हुस्सु, कुहिरो र शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सोबाट सर्वसाधारणको राहातका लागि नेपाली सेनाको बज्रदल गण राँझाले बाँकेका विभिन्न स्थानमा आगो ताप्न दाउरा वितरण गरेको छ ।
नेपाल पत्रकार महासङ्घ सप्तरीका पूर्व सभापति एवम् प्रेस स्वतन्त्रता सेनानी पत्रकार वैद्यनाथ झालाई मातृशोक परेको छ ।
नेपाल–चीन जोड्ने कोरला नाकाको नेपालतर्फ विशेष आर्थिक क्षेत्र स्थापनाका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको छ । कोरला नाकास्थित नेपालतर्फको दशगजा क्षेत्रमा भन्सार कार्यालय, अध्यागमन, गोदामसहित अन्य आवश्यक पर्ने भौतिक पूर्वाधार बनाउन अर्थ मन्त्रालयले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को अध्ययनको थालनी गरिएको हो ।
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उपाधि विजेता टोली लुम्बिनी लायन्सको ट्रफी उत्सव यात्रा राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको गृहनगर पश्चिम नवलपरासीको बर्दघाट पुगेको छ ।
जुम्लाको चन्दननाथ नगरपालिकाले नगर क्षेत्रलाई उज्यालो बनाउन सडक बत्ती जडान कार्य थालनी गरेको छ । नगरको बजार क्षेत्रलाई उज्यालो बनाउन पहिलो चरणमा सडक बत्ती जडान कार्य थालेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
मङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग केहीबेरअघिदेखि सञ्चालन भएको छ । राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ लमाह पुल नजिक ग्यास बुलेट पल्टिँदा राजमार्ग अवरुद्ध भएको थियो ।
बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा बाङेचौरस्थित खेल मैदानमा आठौं बागलुङ महोत्सव चलिरहेको छ । महोत्सवमा रौनक बढाउने काम भने चर्चित कलाकारहरुको जमघटले बनाएको छ ।
सर्लाहीसहित तराई/मधेशका जिल्लामा विगत पाँच दिनदेखि घाम नलाग्दा जनजीवन कष्टकर बन्दै गएको छ । गत शनिबारदेखि रातदिन चिसो स्याँठ चलेर शीतलहर जारी रहँदा आममानिस प्रभावित ब
अंग्रेजी नयाँ वर्ष २०२६ मनाउने पर्यटकले स्वदेशी तथा विदेशी पर्यटकको रोजाइका गन्तव्य कन्याम र अन्तु भरीभराउ भएका छन् । बाह्रै महिना पर्यटकले भरीभराउ हुने कन्याम र अन्तुमा अंग्रेजी नयाँ वर्ष मनाउन यस पटक पनि पर्यटक उल्लेखीय सङ्ख्यामा आउदा यहाँका पर्यटकीयस्थल भरीभराउ भएका हुन् ।
एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा आगामी जेठ १५ गते दोस्रो ‘एभरेष्ट टुरिजम अवार्ड, २०२६’ तथा ‘विश्व शान्ति सम्मेलन’ आयोजना हुने भएको छ ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ ।
गोरखापत्रका नेपालगन्ज समाचारदाता सिराज खानसहित नेपालका सात जना साहित्यकार र पत्रकारलाई भारतको लखनउमा सम्मान गरिएको छ । ‘बज्म ए पैकर हापुडी लखनउ’ नामक संस्थाले भार
विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मुलपानी–तितौरे नौ किलोमिटर खण्डमा कालोपत्र थालिएको छ ।