• १६ पुस २०८२, बुधबार

पाँच दिनदेखि शीतलहर जारी

blog

शीतलहरले भिजेको सडकमा रमाइलो मान्दै निस्किएका बालबालिका ।तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, पुस १६ गते । सर्लाहीसहित तराई/मधेशका जिल्लामा विगत पाँच दिनदेखि घाम नलाग्दा जनजीवन कष्टकर बन्दै गएको छ । गत शनिबारदेखि रातदिन चिसो स्याँठ चलेर शीतलहर जारी रहँदा आममानिस प्रभावित बनिरहेका छन् । बाहिरफेर निस्कँदा शीतलहरले भिजाउने गरेको स्थानीयले बताएका छन् । 

कठ्याङ्ग्रिँदो चिसो र पानी परेको झैँ शीतलहर जारी रहँदा मानिसलाई घरबाहिर निस्कनै मुस्किल परेको हो । अत्यावश्यक काम परेर यात्रा गर्नुपर्नेहरू अझ बढी प्रभावित छन् । चिसो बढ्दै जाँदा तराई÷मधेशका जिल्लामा धमाधम विद्यालय बन्द गर्न थालिएको छ । परीक्षा सञ्चालन गरिरहेका र दुई÷चार दिनभित्रै परीक्षा सुरु गर्ने तयारीमा रहेका विद्यालय भने नियमित सञ्चालनमै छन् । 

कठ्याङ्गिँ्रदो चिसो र शीतलहरले गर्दा सडकमा मानिसको उपस्थिति पातलिँदो छ । लालबन्दी नगरपालिका–७ की सरिता कटुवालले चार दिनदेखि घाम नलागेर ठि¥याउँदो चिसो भइरहँदा दैनिकी असाध्यै प्रभावित बनेको बताउनुभयो । 

चिसो छल्न मानिसले घर तथा चोक, बजारमा आगो बालेर ताप्ने गरिरहेका छन् । दैनिक ज्याला मजदुरीमा निस्कनुपर्ने मजदुर र खेतबारीको काममा लाग्नुपर्ने किसान थप मारमा परेका छन् । 

ईश्वरपुर नगरपालिका–१०, बेलाका नाथुराम चौधरीले निरन्तरको हुस्सु, कुहिरो र शीतलहरका कारण बालीनालीमा ठन्डीजन्य सङ्व्रmमण बढेको गुनासो गर्नुभयो । रातदिन शीतलहर पर्ने गरेकाले तोरी, आलु, मुसुरो, चना, लहरी र तरकारी बालीमा औषधी छिट्नसमेत नपाएको गुनासो किसानले गरेका छन् । 

जाडोले गर्दा किसानलाई चौपाया र पन्छी सुरक्षित राख्न हम्मे हम्मे परेको छ । चिसोले जनजीवन प्रभावित हुन थालेपछि सर्लाहीमा विभिन्न सामाजिक सङ्घसंस्था र मनकारी व्यक्तिले विद्यार्थी तथा समुदायस्तरमा कपडा र कम्बल वितरण गर्न थालेका छन् । 

स्थानीय पालिका र जिल्ला विपत् व्यवस्थापन समितिबाट भने अहिलेसम्म न्यानो प्रदान गर्ने प्रयाससम्म हुन सकेको छैन् । जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने बलरा नगरपालिकाले मङ्गलबारबाट चिसो प्रभावितका लागि कम्बल वितरण गर्न सुरु गरेको छ । 

नगरप्रमुख रामाशङ्करप्रसाद कुशवाहाले कठ्याङ्ग्रिँदो चिसोमा न्यानो ओढने ओछ्याउने नभएका विपन्न तथा दलित परिवारलाई नगरपालिकाको बजेटबाट कम्बल वितरण गर्न सुरु गरिएको जानकारी दिनुभयो । चिकित्सकले चिसो असाध्यै बढेको र शीतलहर जारी रहेकाले सकेसम्म घरभित्रै न्यानो भएर बस्न, सावधानीपूर्वक आगो तथा हिटर ताप्न, झोलिला र ताजा खानेकुरा खान सुझाव दिँदै आएका छन् । 

नगर अस्पताल लालबन्दीका कन्सल्टेन्ट फिजिसियन डा. अभिनेषकुमार झाले यो समयमा दम, निमोनियालगायत दीर्घरोग भएका व्यक्तिमा स्वास्थ्य समस्या बढ्न सक्ने भएकाले विशेष ख्याल गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार यो समयमा दीर्घरोगीसहित अन्य व्यक्ति अत्यावश्यक काम पर्दाबाहेक घरभित्रै बस्दा चिसोजन्य सङ्व्रmमणबाट जोगिन सक्छन् ।