शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अर्जुन काफ्ले
स्याङ्जा, चैत २१ गते । विद्युतीय अपराध कसूरमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पुतलीबजार नगरपालिका वडा नं–१ शहिदचोकबाट वडा नं–८ का ३२ वर्षीय सुजन खाँण ठकुरीलाई पक्राउ गरेको हो ।
नक्कली फेसबुक खाता प्रयोग गरी अश्लिल भिडियो बनाएर इन्टरनेटमार्फत महिलाको आफन्तहरूलाई सेयर गर्ने र गालीगलौज तथा धाकधम्की दिएको उजुरी पश्चात ठकुरीलाई प्रहरीले पक्राउ गरको हो ।
प्रहरीले ठकुरीलाई विद्युतीय अपराध कसूरमा सम्मानित स्याङ्जा जिल्ला अदालतबाट दिन ७ म्याद थप अनुमति लिई थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जनकारी दिनुभयो ।