संघीय लोकतान्त्रिक मोर्चाले संसदभित्रैबाट समस्या समाधान सम्भव हुने भन्दै असंवैधानिक बाटोबाट जोगिन सबैलाई अपिल गरेको छ ।
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई निरन्तरता दिने निर्णय भएको छ ।
इन्द्रजात्राको अन्तिम दिन लिङ्गो ढलाइने साइत १०ः३२ को भएता पनि पुन साइत निकाली साँझ ढलाइएको हो। यो सँगै यस वर्षको इन्द्रजात्रा सम्पन्न भएको छ।
अन्य सुरक्षा निकायका समन्वयमा नेपाली सेनाले सुरक्षाको नेतृत्व लिएपछि अहिले काठमाडौँ उपत्यका सहित देशभर नै जनजीवन सामान्यतर्फ अघि बढेको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेनजी’ आन्दोलनमा परी अहिलेसम्म अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार बढी घाइतेहरुको उपचार भएको जनाएको छ।
ताप्लेजुङमा कर्फ्यूको समय थप भएको छ। सम्भावित हुलदङ्गा, तोडफोडजस्ता अराजक गतिविधिका कारण शान्ति सुरक्षामा खलल आउनसक्ने अवस्थालाई दृष्टिगत गरी शुक्रबार बिहान ६ बजे सम्मका लागि कर्फ्यू जारी गरिएको हो।
झापामा जेएनजेको प्रदर्शनमा दुई जनाको मृत्यु भएको हो। बिहीबार घाइते एक जनाको मृत्यु भएसँगै झापामा मृत्यु हुनेको संख्या दुई पुगेको हो।
देशका विभिन्न कारागारबाट भागेका १६६ कैन्दीबन्दीलाई सुरक्षाकर्मीले पक्राउ गरेका छन्। नेपाली सेना ,सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले जिल्लाका विभिन्न भागबाट आज उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै संवैधानिक प्रावधानअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ।
तनहुँमा दुई फरक–फरक स्थानमा फेला परेका महिलाको शव फेला परेको छ। फेला परेका दुवै महिलाको शवको हालसम्म सनाखत हुन सकेको छैन।
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका सञ्जय टक्ला पक्राउ परेका छन्।
बागलुङको तमानखोला गाउँपालिमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
भारतीय प्रहरीले पक्राउ गरेको १२ जना कैदीबन्दीहरुलाई नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।
साविक विजेता भारतले एसिसी एसिया कप क्रिकेटमा सुखद सुरुवात गरेको छ ।
साविक विजेता भारतले एसिसी एसिया कप क्रिकेटमा सुखद सुरुवात गरेको छ ।