अमेरिकी वामपन्थी युवा अग्रगामी जोहरान ममदानीले बुधबार न्युयोर्कको मेयर पदभार ग्रहण गर्न लाग्नु भएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा हराएका, लुटिएका हतियार र बन्दीगृहबाट फरार कैदीलाई आगामी फागुन २१ गते अगावै नियन्त्रणमा ल्याइसक्ने जानकारी दिनुभएको छ ।
जेनजी आन्दोलनको बेला गत भदौ २४ गते बाँकेको नौबस्ता कारागारबाट भागेका १४७ जना कैदीमध्ये अझै ९५ जना सम्पर्कविहीन रहेको र उनीहरुको खोजी कार्य भने भइरहेको कारागारले जनाएको छ ।
बाह्रबिसे नगरपालिका-२ नम्बर वडा कार्यालयले आफ्ना वडाभरका सात वटा सामुदायिक विद्यालयका पाँच सय २३ जना छात्रछात्रालाई न्यानो ट्रयाकसुट सहयोग गरेको छ।
दुर्गम गाउँबस्तीका कृषिजन्य उत्पादनको प्रबर्धनका लागि मकवानपुरको राक्सिराङ गाउँपालिकाले पाक्षिक हाटबजार सुरु गरेको छ । हरेक बर्षझैँ यसबर्ष पनि जाडोयाममा हाटबजार सञ्चालनमा ल्याइएको हो ।
मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम बुधबार मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ ।
माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दाङको घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
गोरखाको बारपाक–लाप्राक सडक खण्डमा ट्रकको ठक्करबाट एक मजदुरको मृत्यु भएको छ । सोमबार बारपाकबाट लाप्राकतर्फ जाँदै गरेको ना ५ ख ९२७१ नम्बरको ट्रकले ठक्कर दिँदा उदयपुरको बेलका नगरपालिका –४ लालबजार घर भई सडकको काम गर्न आएका ४० बर्षिय दिपककुमार राई घाइते हुनु भएको थियो ।
नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले नेपाल राष्ट्र, लोकतन्त्र, संविधान र राजनीतिक दलहरू इतिहासकै कठिन मोडबाट गुज्रिरहेको बताउनुभएको छ। उहाँले यस अवस्थाबाट बाहिर निस्कन गम्भीर समीक्षा र धैर्यपूर्ण राजनीतिक निकास आवश्यक रहेको बताउनुभएको हो।
बागलुङ नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थालाई लाखौं रुपियाँका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
राष्ट्रिय सभा सदस्यको चुनाव गराउन गण्डकी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पोखराको पार्दीस्थित प्रदेश निर्वाचन कार्यालयमै निर्वाचन अधिकृतको कार्यलय आजदेखि सञ्चालनमा ल्याइएको हो ।
१७ औँ अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा भारत च्याम्पियन बनेको छ । कुल ३७ पदकसहित भारतले २२ स्वर्ण १० रजत र ५ कास्य पदकसहित गत बर्षको च्याम्पियन नेपाललाई पछाडि पारेको छ।
जिल्ला प्रशासन कार्यालय तनहुँले यस वर्षको नौ महिनाका अवधिमा ४३ हजार बढीलाई सेवा प्रदान गरेको छ । गत वैशाखदेखि यही पुस मध्यसम्म कार्यालयले ४३ हजार ७३६ जनालाई विभिन्न सेवा प्रदान गरेको हो ।
यहाँको प्रमुख नगदे फलफूल बालीका रूपमा रहेको सुन्तलाको यस वर्ष उत्पादन घटेको छ । सुन्तलाखेती हुने जमिनको क्षेत्रफल र मूल्य बढे पनि उत्पादकत्वमा कमी आएको हो ।
मेलम्ची खोला अहिले शान्त देखिन्छ । तर किनारमा बगर बनेका खेत, जोखिममा उभिएका घर र अस्थायी टहरामा बसेका मानिस देख्दा त्यहाँ पुग्ने जो कसैको मन फेरि एकपटक अशान्त बन्छ ।