जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । विभागका अनुसार आज देशभर साधारणतया बदली रहनेछ ।
देशभर फैलिएको जेन–जीको आन्दोलनको प्रभाव सर्वोच्च अदालतदेखि स्थानीय अदालतसम्म देखिन थालेको छ । आन्दोलनकै कारण सर्वोच्च अदालतमा सञ्चालित सर्भरमा क्षति पुग्दा मुद्दा व्यवस्थापन प्रणाली (सिएमएस) लगायत सम्पूर्ण सिस्टम अवरुद्ध भएको स्याङ्जा जिल्ला अदालतले जनाएको छ ।
जेनजी आन्दोलनको क्रममा जिल्ला कारागार जुम्लाबाट भागेका ४१ मध्ये ३० जना कैदिबन्दी अझै फरार अवस्थामा रहेका छन् ।
जिल्ला कारागार महोत्तरीले कारागारबाट भागेका कैदीबन्दीहरुलाई स्वेच्छाले कारागार फर्किन आग्रह गरेपछि बिहीबार रातिसम्म ५९ कैदीबन्दी कारागार फिर्ता भएका छन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले मङ्गलबार जारी गरेको अनिश्चितकालिन कर्फ्युको आदेश खुकुलो पारेपछि राजविराजमा किनमेल गर्नेको चहलपहल बढेको छ ।
नेपाल बीमा प्राधिकरणले यही भदौ २३ गतेदेखि उत्पन्न भएको असहज परिस्थितिका कारण सृजना भएको बीमा दाबीलाई छिटो र सहज ढङ्गले फछ्र्योट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।
नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गर्नुभएको छ ।
यहाँ उत्पादन हुने अर्ग्यानिक आलु भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । विगतमा घरायसी प्रयोजनका लागि मात्र प्रयोग हुने आलुले पछिल्लो समय सडक पहुँचका कारण निर्यात हुन थालेको छ ।
नेपालमा विधिको शासनसहितको शान्ति होस् भन्ने सबैको चाहना छ । त्यसका लागि भ्रष्टाचारमुक्त कानुनी शासन, स्वतन्त्रता र न्यायसहितको समावेशी व्यवस्था आवश्यक छ । नवयुवा जेनजी पुस्ताले गरेको दुई दिनको आन्दोलन देश बिगार्नका लागि होइन, बनाउनका लागि हो । प्राप्त स्वतन्त्रता नखोसिने गरी भ्रष्टाचारमुक्त देश बनाउने उनीहरूको सपना र चाहनालाई अब सबै मिलेर मूर्त रूप दिनु प
एक्काइसौँ शताब्दी अर्थात् सूचना प्रविधिले क्रान्ति ल्याएको नवीन युगमा सञ्चार माध्यमको भूमिका दिनानुदिन बढिरहेको छ । आज हरेक व्यक्ति सूचना र सञ्चारबाट अलग भएर बाँच्ने सक्ने अवस्थामा रहेको पाइँदैन ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका निमित्त प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक बिनोद राज श्रेष्ठले हिल्सा र लाप्चा क्षेत्रका सिमा स्तम्भहरुको अनुगमन गर्नु भएको छ ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अहिले हाम्रो ज्ञानको भोक मेटाउने, हरेक खालका उत्सुकता शान्त पार्ने र सिर्जनशीलतालाई मूर्त रूप दिने सर्वाधिक सहज साधन बनिरहेको छ । एआईले विश्व अर्थतन्त्र, राजनीतिक प्रणाली, सामाजिक सम्बन्ध, प्रविधि प्रयोग तथा ज्ञानको विकास र प्रवाहमा आमूल रूपान्तरण गरिरहेको छ । हामीले आज ससाना कुरा जान्नेदेखि गहन शोधका लागि सह
गत सोमबार र मङ्गलबार जेनजी प्रदर्शनका कारण देशभर भय र त्रासग्रस्तका कारण कर्फ्यु तथा निशेधाज्ञा जारी गरिएपछि मुस्ताङको अवस्था भने समान्य छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
जिल्ला प्रशासन कार्यालय दाङले कफ्र्यु हटाएपछि जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । यद्यपि, प्रशासनले शुक्रबार बिहान ५ देखि दिउँसो १ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।