धरान उपमहानगरपालिकाको भाटभटेनी सुपरमार्केटमा आगजनी हुँदा जलेर खरानी भएको अवस्थामा एक जनाको शव भेटिएको छ ।
काठमाडौं विश्वविद्यालय (केयू) ले आफ्ना सम्पूर्ण कार्यक्रम र दैनिक पठनपाठन रोकेको छ ।
देउखुरीको राप्ती नदीमा डुबेर एक जना बेपत्ता भएका छन् ।
जेनजी आन्दोलनका कारण अस्तव्यस्त बनेको नेपालगन्जसहित बाँकेको जनजीवन क्रमशः सामान्य बन्न थालेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभरी निषेधाज्ञा जारी राखे पनि नेपाली सेनाले जारी गरेको कर्फ्यू आदेश खुकुलो हुँदैजाँदा यहाँको अवस्था सामान्य बन्न लागेको हो ।
सम्भावित हुलदङ्गा तथा अप्रत्याशित गतिविधि नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय अछामले अनिश्चितकालिन निषेधाज्ञा जारी राखेको छ ।
गोरखामा २४ गते लागु भएको कर्फ्यू आज शुक्रबारबाट जिल्ला प्रशासनले हटाएको छ ।
दार्चुलामा लगातार तीन दिनदेखि जारी निषेधाज्ञालाई आज केही खुकुलो बनाइएको छ । भदौ २४ गते राति १० बजेदेखि जारी गरिएको निषेधाज्ञालाई केही खुकुलो बनाउँदै लगिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना जारी गरी जनाएको छ ।
मङ्गलबार जेनजी आन्दोलनका नाममा भएको तोडफोड, आगजनी र हिंसात्मक घटनापछि भयावह भएको रौतहटको अवस्था शुक्रबारदेखि सामान्य बन्दै गएको छ ।
दाङमा कर्फ्यू हटेपछि जिल्लाभित्रका सरकारी कार्यालयका कर्मचारीहरु आफ्ना–आफ्ना कार्यस्थलमा उपस्थित भई सरसफाईमा जुटेका छन्। जेनजी पुस्ताद्वारा सञ्चालित आन्दोलनका क्रममा दर्जनौं कार्यालयमा तोडफोड र आगजनी भएपछि त्यहाँका कर्मचारीले कार्यालय सञ्चालनअघि परिसर सफा गर्ने कामलाई प्राथमिकता दिएका हुन्।
लोत्से बहुउद्देश्यीय प्रालिका मानवसंशाधन प्रमुख पङ्कज मल्लले आज बिहान ७ बजेदेखि १० बजेसम्म दर्जनौँ सवारीसाधन उपत्यकाबाट बाहिरिएको जानकारी दिनुभयो ।
जेनजी प्रदर्शनका कारण तनहुँ जिल्लामा बजार आपूर्ति र वितरणमा चुनौती बढिरहेका बेला उद्योग वाणिज्य सङ्घ तनहुँका अध्यक्ष वैकुण्ठनाथ मिश्रले व्यापारीलाई कालोबजारी नगर्न आग्रह गर्नुभएको छ ।
कञ्चनपुर कारागारमा १४३ कैदी फिर्ता भएका छन् । ‘जेनजी’ आन्दोलनका क्रममा कारागारबाट निस्किएका १४३ कैदीबन्दी कारागारको सम्पर्कमा आएका हुन् ।
बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधारगृह र क्षेत्रीय कारागारबाट मङ्गलबार राति भागेका २२७ जना बालबन्दी र कैदीबन्दी मध्ये आठ जना पक्राउ परेका छन् भने २२३ जनाको खोजी कार्य भइरहेको छ ।
प्राचीन मिथिला क्षेत्रमा पितृपक्ष (असोज कृष्णपक्ष) सुरु हुनासाथै पुत्रवती मिथिलानी (मिथिलाका नारी)ले जितियाको चर्चा र तयारी सुरु गर्छन् ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा खाडलमा जमेको पानीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । प्रहरीकाअनुसार मैवाखोला गाउँपालिका –३ साँघुस्थित नारायणी माध्यमिक विद्यालयको शौचालयको सेफ्टी ट्याङ्कीका लागि खनिएको खाडलमा जमेको पानीमा डुबेर बालबालिकाको मृत्यु भएको हो ।