मानव बेचविखनको जोखिमपूर्ण यात्रामा रहेका ५४५ जना महिलाको यहाँस्थित नेपाल–भारत सीमाको जमुनाहा नाकाबाट गत वर्षमा उद्धार गरिएको छ ।
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो ।
चार महिनापछि आज बसेको प्रदेश सभा बैठकमा आन्तरिक मामिला ततथा कानुनमन्त्री हीरासिंह सार्कीले महालेखा परीक्षकको पहिलो वार्षिक प्रतिवेदन २०७५, छैटौं वार्षिक प्रतिवेदन २०८१ र सातौं वार्षिक प्रतिवेदन २०८२ सभामा पेश गर्नुभयो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १० दशमलव ८७ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ७६ को बिन्दुमा कायम भएको छ ।
पूर्वको एक प्रमुख पर्यटकीय केन्द्र रहेको धनकुटाको साँगुरीगढी गाउँपालिका –६, स्थित भेडेटारमा १३ औं खाना महोत्सव अर्थात भेडेटार फुड फेस्टिबल सुरु भएको छ । होटल एसोसिएसन अफ भेडेटारको आयोजनामा फुड फेस्टिबल अर्थात् खाना महोत्सव हुने जानकारी गराएको हो ।
नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निर्वाचन आगामी माघ २८ गते हुने भएको छ ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले वर्तमान सरकारको प्रमुख दायित्व शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्नु रहेको बताउनुभएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्की जिल्लास्थित सार्वजनिक विद्यालयको जग्गा गैरकानुनीरूपमा व्यक्तिको नाममा दर्ता गराई भ्रष्टाचार गरेको अभियोगमा राष्ट्रिय भूमि आयोग, जिल्ला समिति कास्कीका तत्कालीन अध्यक्षसहित ६ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा जारी प्रतियोगिताको तेस्रो दिन बुधबार राहुलले एक ओभर ७३ खेल्नुभयो ।५४ होलको समाप्तिसँगै उहाँको कूल १० अन्डर दुई सय ६ स्कोर छ ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंगै मुलुक निर्वाचनको तयारीमा जुटेको बताउनुभएको छ।
काठमाडौँ महानगरपालिका वडा नम्बर २९ को आयोजनामा ‘प्रथम केएमसी वार्ड चेयरम्यान कप ओपन फिडे रापिड रेटिङ चेस प्रतियोगिता हुने भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सर्वपक्षीय राष्ट्रिय संवाद सुरु भएको छ । ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक छलफल काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पर्यटन प्रवर्धनलाई प्राथमिकतामा राखिएको बताउनु भएको छ ।
भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी टुर नेपालमा पुस २१ देखि २३ सम्म हुने भएको छ ।
विभागीय टोली नेपाल पुलिस क्लब अपराजित रहँदै नवौँ एनभिए कप च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।