• १६ पुस २०८२, बुधबार

भेडेटारमा फुड फेष्टिवल सुरु

blog

फुड फेष्टिबलको उदघाटन गरिदै । तस्बिरः सन्तोष सुवेदी

सन्तोष सुवेदी

पाख्रीबास, (धनकुटा) पुस १६ गते । पूर्वको एक प्रमुख पर्यटकीय केन्द्र रहेको धनकुटाको साँगुरीगढी गाउँपालिका –६, स्थित भेडेटारमा १३ औं खाना महोत्सव अर्थात भेडेटार फुड फेस्टिबल सुरु भएको छ । होटल एसोसिएसन अफ भेडेटारको आयोजनामा फुड फेस्टिबल अर्थात् खाना महोत्सव हुने जानकारी गराएको हो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले पानसमा दीप प्रज्ज्जवल गरी उदघाटन गर्नुभएको थियो । अंग्रेजी नयाँ बर्ष २०२६ को अवसरमा पुष १६ गतेदेखि १८ गते दिनसम्म फेस्टिवल हुनेछ । फेस्टिबलमा विभिन्न जातीय तथा अर्गानिक खानाका परिकार राखिएका छन् । 

यस्तै, खाद्यान्न, नगदे, औद्योगिक बाली, फलफूल, तरकारी, आलु बाली र  स्थानीय कृषि उत्पादनका स्टल राखिएका छन् । आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने हुँदा पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने उद्देश्यले खाना महोत्सव गरिएको बताइएको छ। 

धनकुटाको पर्यटन प्रवर्धनमा उल्लेख्य भूमिका रहेने आर्थिक रुपले सवाल हुने भन्दै होटल एसोसिएसनले हरेक अङ्ग्रेजी नयाँ वर्षको महोत्सव गर्दैआएको छ । करिब २ करोड ५० लाखको बराबरको आर्थिक कारोबार तथा ५० देखि ६० हजार पर्यटक भित्र्याउने लक्ष्यसाथ फेस्टिबल आयोजना गरिएको जनाइएको छ ।

यस्तै भेडेटारमा रहेको पर्यटकीय तथा धार्मिकस्थल स्काई वाक, शैलुङडाँडा (चाल्स भ्यू टावर) पाथिभरा देवी मन्दिर, शंखेश्वर मन्दिर, थाकल डाँडा, आत्माघर, सुर्योदय वौद्व र नजजाति कार्क थुम्की, सिम्सुवा झरना, साँगुरीगढी, होमस्टे, ओख्रे भ्यूटावर, ध्वजे डाँडा सूर्योदय भ्यू प्वाइन्ट, अजङको वरको रुख, थौअजेन विग बुद्ध च्जोटिमोरङ, जिपलाई, रिडि नाम्जे इको रिसोर्ट, कार्किछाप झर्ना, खुवलुङ– ध्वजे पदमार्ग र हेभेन डाँडा रहेका छन् । 

फेस्टिवल होटल एसोसिएसन भेडेटारको आयोजना र प्राकृतिक वातावरण स्रोत तथा पर्यटन भेडेटार, आमा समूह, सह–आयोजक साँगुरीगढी गाउँपालिका  रहेको छ भने सहयोगी कम्पनि नेपाल टुरिज्म बोर्ड रहेको छ।