राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फको समानुपातिक बन्दसूचीलाई आवश्यक पुनरवलोकन गरिने बताउनुभएको छ।
आठौँ बागलुङ महोत्सवमा आयोजित गण्डकी प्रदेशस्तरीय खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि मेरो डेण्टल होम बागलुङले हात पारेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ।
काठमाडौँको माइतीघर मण्डलामा आमरण अनशनरत डा.कमल भुसाल (डा निकोलस भुसाल)को स्वास्थ्य अवस्था बिग्रदै गएपछि उहाँलाई थप उपचारका लागि वीर अस्पताल भर्ना गरिएको छ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार चीनको अर्थतन्त्र सन् २०२५ मा ‘लगभग पाँच प्रतिशत’ वृद्धि हुने अपेक्षा गरिएको बताउनु भएको छ ।
छलफलमा ब्रिटिश गोर्खाली क्रिकेट लिग (बिजिसिएल) का प्रबन्ध निर्देशक ग्याम गुरुङले नेपाली क्रिकेटप्रति बेलायतबाट निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता देवप्रसाद गुरुङले राष्ट्रियता, संविधान र लोकतन्त्रको पक्षमा रहेका शक्तिबिच सहमति र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
ताम्बा बिना तामाङ समुदायको इतिहास अधूरो रहने र सांस्कृतिक कार्यले पूर्णता नपाउने मान्यतालाई लिपिबद्ध गर्ने उद्देश्यसहित ताम्बा अध्येता पासाङदोर्जे लामा मोक्तानद्वारा लिखित ‘ताम्बा ह्रिमठिम’पुस्तक सार्वजनिक भएको छ ।
नेपाल सरकारले रौतहट सदरमुकाम गौरस्थित करदाता सेवा कार्यालय खारेज गर्ने गरेको निर्णयविरुद्ध रौतहटका उद्योगी व्यवसायीले गरेको सर्वपक्षीय एवं सर्वदलीय आन्दोलनको तेस्रो दिन बुधबार करदाता सेवा कार्यालय गौरमा तालाबन्दी भएको छ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनमय भएको दाबी गर्नु भएको छ।
नेपाल स्रष्टा समाजको आयोजनामा प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा जीवनाथ पोखरेलको ‘फेसबुकको करामत’ कथा सङ्ग्रह र अम्बु बिहानीको ‘अतृप्त रहर’ मुक्तक सङ्ग्रह सार्वजनिक भएको हो।
सिन्धुलीमा पछिल्लो केही दिनदेखि अत्यधिक बढेको जाडोका कारण जनजीवन प्रभावित भएको छ । विशेषगरी बालबालिका र बृद्धबृद्धा बढी प्रभावित भएको स्थानीयले बताएका छन् ।
सिन्धुपाल्चोक जिल्लाको खुर्सानीबारीस्थित सिन्धु बहिरा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।
ऐतिहासिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण सिन्धुलीगढीमा पछिल्लो समय पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको छ ।