१२० वर्ष अघिको गोर्खापत्र
प्रहरीले बीपी राजमार्गबाट दुई सय ग्राम बढी तौलको खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाका कतिपय स्वास्थ्य संस्थामा शिशुको धड्कन सुन्ने आधुनिक मेसिन डप्लर बिग्रिदा पुरानो प्रविधि फिटोस्कोपको प्रयोग गर्नुपर्ने बाध्यता छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष बिपी कोइराला लामो प्रवासपछि २०३३ साल पुस १६ गते मेलमिलापका सिद्धान्तसहित भारतबाट काठमाडौँ आउनुभएको थियो । राजा महेन्द्रबाट बिपीको
दैलेखको दुल्लु नगरपालिका–५ डाडाखोला पाथरनाउली नजिक निजी जमिनमा थापिएको पासोमा परेर एउटा चितुवा मरेको छ । बँदेल नियन्त्रण गर्न थापिएको पासोमा परेर चितुवा मरेको स्थानीयले बताएका छन् ।
कर्तव्य ज्यान मुद्दामा लामो समयदेखि फरार रहेका प्रतिवादी ओम प्रकाश मण्डल जिल्ला अदालत सप्तरीमा हाजिर हुनुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले देशभरका विमानस्थलबाट प्रवाह हुने सेवा सुविधामा सुधार ल्याउन निर्देशन दिनुभएको छ । नेपाल नागरिक उड्डयन प्रा
इस्वी संवतको नयाँ वर्ष २०२६ आज (बिहीबार) देखि सुरु भएको छ। पहिलो दिन बिहीबार बिहान भक्तपुरको मध्यपुर थिमिबाट देखिएको सूर्योदयको दृश्य ।
इतिहासले पटक पटक पुष्टि गरेको यथार्थ के हो भने संसारका सफल राजनीतिक, सामाजिक वा आर्थिक परिवर्तन कुनै आकस्मिक घटनाका परिणाम हुँदैनन् । ती परिवर्तन स्पष्ट उद्देश्य, निश्चित गन्तव्य र व्यवहारमा
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा जारी प्रथम मानाभारा गोल्ड कपको तेस्रो दिन बिहीबार अन्तिम क्वाटरफाइनलअन्तर्गतको खेल हुँदै छ ।
बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई सफल बनाउन सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
जिल्लामा अपरिचित समूहले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । बुधबार राति करिब १ बजे सशस्त्र प्रहरी वेस क्याम्प विओपी लौकही नजिकै पुरी टोलमा अपरिचित समूहले चलाएको गोली लागेर सुनसरीको कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको हो ।
जाडोयाम सुरु भएसँगै पूर्वी नेपालको तराई क्षेत्रमा भक्काको व्यापार सुरु भएको छ । जाडोसँगै तराईका शहर र ग्रामीणक्षेत्रमा भक्काको व्यापार बढ्दै गएको हो ।
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ५० पैसा र बिक्रीदर १४४ रुपियाँ १० पैसा निर्धारण गरिएको छ ।
ग्रेगोरियन पात्रोअनुसार आज (बिहीबार)देखि इस्वी संवतको नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो ।