जेनजी आन्दोलनका कारण यो साता तीन दिन कारोबार स्थगित गरिएको पुँजीबजार आगामी साताभर बन्द रहने जनाइएको छ ।
धरान उपमहानगरपालिकामा भाटभटेनी सुपर मार्केटमा आगजनी हुँदा जलेर खरानी भएको अवस्थामा तीन जनाको शव भेटिएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँले आम जनतालाई फरार कैदीबन्दीको पहिचान पाए तत्काल सूचना दिन अपिल गरेको छ । आज एक विज्ञप्ति प्रकाशित गरि अपिल गरेको हो ।
ताप्लेजुङमा पछिल्लो तीन दिनयता लगातार कर्फ्यू जारी गरिएको छ । जेनजी आन्दोलनका कारण देशमा विषम परिस्थिति सिर्जना भएकाले सम्भावित हुलदङ्गा र अराजक गतिविधि हुन गई शान्ति सुरक्षामा खलल् आउनसक्ने भन्दै गएको बुधबारदेखि कर्फ्यू लगाइँदै आएको हो ।
सल्यानका पत्रकार नोखिराम थापामाथि भएको कुटपिट प्रकरणमा संलग्न दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शारदा नगरपालिका –६ का वडाध्यक्ष तथा नेपाली कांग्रेसका स्थानीय नेता भिकराज बुढाथोकी र प्रमोद भण्डारी रहेका छन् ।
कारागार कार्यालय भरतपुरबाट भागेका कैदीबन्दी फर्कने क्रम जारी छ । बिहीबार सबै कैदीबन्दीको घरपरिवारमा सम्पर्क गरिएको थियो । सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन् ।
अष्ट्रेलियामा ‘डिमेन्सिया’ रोगले ग्रसित हुने मानिसको संख्या आगामी वर्षमा उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ ।
कोशी राजमार्गअन्तर्गत खाँदबारी –१३ सभाखोला र साटारेबिचमा शुक्रबार दिउँसो सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
चीन सरकारले रसुवागढी नाकास्थित ल्हेन्दे खोलामाथि बनाउन लागेको मितेरी पुल निर्माणका क्रममा आजदेखि नेपालतर्फ पनि काम सुर भएको छ ।
सिरिया र साउदी अरेबियाबिच भएको समझदारी अनुसार, साउदी अरेबियाले सिरियालाई १६ लाख ५० हजार ब्यारेल कच्चा तेल अनुदान स्वरूप उपलब्ध गराउने सिरियाली सरकारी समाचार संस्था सानाले जनाएको छ ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनी मेची भन्सार कार्यालय झापामा आगजनी गरेपछि त्यसको असर निर्यात हुने चियामा परेको छ ।
काठमाडौँ महानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाबाट निस्केका सिसाजन्य फोहर अन्य फोहरसँगै नमिसाउन आग्रह गरेको छ । महानगपलिकाको वातावरण व्यवस्था विभागले शुक्रबार सूचना जारी गरी सो आग्रह गरेको हो ।
नेपाल प्रहरीले आगजनी, तोडफोड, लुटपाट लगायतका विविध घटनासँग सम्बन्धित तस्बिर, भिडियो, फुटेज तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू उपलब्ध गराउन अनुरोध गरेको छ ।
नेपाल–चीनबिचको प्रमुख व्यापारिक नाका रसुवागढीमा निर्माण हुन लागेको बेलीबृजको काम आजदेखि नेपालतर्फ सुरु भएको छ ।
जेनजी आन्दोलनको क्रममा काठमाडौंमा ज्यान गुमाएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी सुलभराज श्रेष्ठ र आयुष थापाको परिवार पाँच दिनदेखि शवको पर्खाइमा छ ।