नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष बिपी कोइराला लामो प्रवासपछि २०३३ साल पुस १६ गते मेलमिलापका सिद्धान्तसहित भारतबाट काठमाडौँ आउनुभएको थियो । राजा महेन्द्रबाट बिपीको निर्वाचित सरकारलाई २०१७ साल पुस १ गते सैनिक ‘कु’ बाट विघटन गरी प्रधानमन्त्री कोइरालालगायत सबै मन्त्री र सांसद्हरूलाई गिरफ्तार गरी जेल हालिएको थियो । आठ वर्षको लामो जेलजीवनबाट २०२५ सालमा छुटेर कोइरालाले भारत प्रवासमा गई निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन गर्न थाल्नुभयो ।
२०३०÷३१ सालमा सोलुखुम्बुको टिम्बुरबोटेमा सशस्त्र विद्रोह गरी स्थानीय सरकार कब्जा गर्न आव्रmमण गरिएको थियो । पञ्चायती सरकारले सुराकी पाएपछि प्रत्याव्रmमणमा गोली चलाउँदा राम लक्ष्मण जस्ता युवाले सहादत दिएका थिए । दर्जनौँ विद्रोहीलाई सरकारी सेनाले घटनास्थलमै मारिदिएको थियो । सुनसरीको हरिपुर प्रहरी थानामा नेपाली कांग्रेसका योद्धाहरूले आव्रmमण गर्दा प्रहरी जवान मारेर उनीहरूले बोकेका बन्दुक कब्जा गरेका थिए । यसरी पञ्चायती व्यवस्थाविरुद्ध पटक पटक आव्रmमण भए ।
उता बिपी भारत प्रवासमा बसेर राष्ट्रिय अन्र्तराष्ट्रिय घटनाहरूको अध्ययन र विश्लेषण गर्न थाल्नुभयो । भारतमा प्रधानमन्त्री इन्दिरा गान्धीद्वारा लगाएको आपतकालीन अवस्था तथा नेताहरूको गिरफ्तारीले गर्दा भारतीय राजनीतिमा गम्भीर र सङ्कट उत्पन्न भयो । भारतभरि सङ्कटकाल घोषणा गर्दा एक किसिमको आतङ्क नै सिर्जना भएको थियो । भारतले २०३२ सालमा स्वतन्त्र राज्य सिक्किममाथि आव्रmमण गरी विलय गरिसकेको थियो भने बङ्गलादेशमा सेना पठाई त्यहाँका विद्रोहीलाई हतियार उपलब्ध गराई सहयोग गरिएको थियो । पूर्वी पाकिस्तानबाट स्वतन्त्र बङ्गलादेशको निर्माण गराउन भारत सरकारले पूर्ण सैनिक र फाइटर विमान उपलब्ध गराएको थियो । श्रीलङ्कामा भारतले तमिल विद्रोहीलाई सहयोग गरी सेना र हतियार पठाएको थियो । भारतमा प्रधानमन्त्री इन्दिरा गान्धीले भारतीय नेताहरू जयप्रकाश नारायण, चन्द्रशेखर, मधुदण्डवते मधु– लियम, जार्ज फर्नाडिस, मोरारी देसाई, अटलबिहारी वाजपेयी लगायतलाई गिरफ्तार गरी जेल हाले । कतिपय बिहारका नेता कर्पुरी ठाकुर, फणिश्वरनाथ रेणु र प्रो. एसएम वर्माहरू नेपालमा आएर शरण लिए ।
भारतमा भारतीय नेताहरू नै सुरक्षित थिएनन् भने नेपाली नेताहरूको त के हालत भयो होला भन्ने माथिका घटनाबाट स्पष्ट छ । अर्कोतिर बिपीको भारतमा हत्या हुन सक्ने परिस्थिति पैदा हुँदैनथ्यो किनकि पञ्चायतले यही समयमा बिपीलाई सिध्याउने गुप्त योजना बनाएकाले पनि भारतमा सिबिआईको रिपोर्ट अनुसार भारत सरकारले बिपीको सुरक्षा दस्तामा कडाइ गरेको सहजै अनुमान लगाउन सकिन्छ । अर्कोतिर प्रधानमन्त्री इन्दिरा गान्धीको विरोधी दल जनता पार्टीसँग सम्बन्धित नेताहरूको गतिविधि बुझ्न पनि बिपीको सुरक्षामा कडाइ गरिएको बेवास्ता गर्न सकिँदैन्थ्यो ।
त्यस्तो परिस्थितिमा बिपीले भारतमा राजनीतिक निर्वासितमा रहनुभन्दा बरु नेपालमा रहेको सात वटा सङ्गीन मुद्दाको सामना गर्न फाँसीको सजाय नै रोज्नु भयो । बिपी भन्नुहुन्थ्यो, “प्रत्येक राष्ट्रको इतिहासमा यस्तो घडी पनि आउँछ, जब देशका बासिन्दाले आफ्नो ज्यान खतरामा पारेर पनि यसको अस्तित्वको रक्षा गर्नु पर्छ । हामीलाई लाग्छ, आज नेपालमा त्यो घडी आएको छ । हाम्रा शुभचिन्तकले हाम्रो नेपाल फर्किने इरादामा निहित खतरालाई ध्यानमा राखेर नफर्किने सल्लाह दिएमा उनीहरूलाई हाम्रो भन्नु छ कि हामीमाथिको यो सम्भावित व्यक्तिगत खतरा राष्ट्रको अस्तित्वको खतरासामु नगण्य भन्ठानेर नै यो ऐतिहासिक निर्णय हामीले लिएका छौँ ।”
“राष्ट्रिय सङ्कटको घडीमा हामी सबैले बितेका अप्रिय विवाद र मतभिन्नता बिर्सेर र समाप्त गरेर एकताको सूत्रमा बाँधिनु पर्छ । राष्ट्र रहेन भने हामी रहन्नौ भन्ने भावनाले प्रेरित भएर हाम्रो कार्यव्रmम हुनु पर्छ । मलाई थाहा छैन देशभित्र फर्केर गएपछि म कुन परिस्थितिमा हुने छु । उहाँले आफ्नो वक्तव्यमा म नेपाली कांग्रेसको सभापतिको हैसियतले सारा देशवासीलाई अपिल गर्न चाहन्छु कि राष्ट्रको रक्षा, देशको उन्नति, जनताको सुख समृद्धिको पुनीत कार्यमा हामी सबै एकमत भएर लागौँ । मेले अवसर पाएको खण्डमा महाराजधियज समक्ष पनि आफूलाई लागेका कुरा राख्ने छु । राष्ट्रलाई बचाउन जिम्मेवारी सबैको साझा जिम्मेवारी हो,” बिपीले भन्नुभयो ।
बिपीले अगाडि भन्नुभयो, अहिले दक्षिण एसियामा राजनीतिक विकास हुन थालेको छ । त्यसका सम्भावनालाई हामी कति उपयोग गर्न सक्छौँ त्यो हामीहरूको राष्ट्रिय एकतामा निर्भर गर्छ । राष्ट्रिय एकता नभई नेपालले नयाँ सन्दर्भमा कुनै भूमिका पूरा गर्न सक्दैन । त्यसैले म राष्ट्रिय एकतामा अत्यधिक जोड दिन चाहन्छु । विभिन्न राजनीतिक पार्टी वा व्यक्ति अथवा नेताहरू र आमजनताबिच आधारभूत राजनीतिक मूल्यका सम्बन्धमा एकता ल्याउने आवश्यकता छ । मेरो विचारमा यस्तो राष्ट्रिय एकताको जग त्यस्ता जनप्रिय संस्था हुन जसप्रति जनतालाई पूरा आस्था हुन्छ । त्यस प्रकारका संस्था निर्माणको आवश्यकता परेको छ ।
बिपीका विचार मनन गरेको भए आजको दक्षिण एसिया धेरै अगाडि हुने थियो । जुन द्वन्द्व र युद्ध बढिरहेको छ, त्यो छर्लङ्ङ छ उहाँको भविष्यवाणी सत्य साबित भइरहेको छ । त्यति बेला राजाले उहाँको कुरासित सहमत भई राष्ट्रिय एकताको महìव बुझेको भए आज नेपालको यस्तो भयङ्कर अवस्था हुने थिएन ।
त्यतिबेला बिपीलाई भारतका समाजवादी नेता जयप्रकाश नारायणले पटना एयरपोर्टमा बिदाइ गर्दा भन्नुभयो, “ईश्वरले तपाईंलाई बल दिऊन्, यशस्वी बनाउन र नेपाल एसियाको गतिशील राष्ट्र बनोस् । राज्यशक्तिका प्रतीक राजा र जनशक्तिका प्रतीक बिपी यी दुवैको मेलबाट मात्र नेपालले निरन्तर प्रगति गर्न सक्छ ।” जयप्रकाश नारायणको विचार र आग्रहलाई राजाले त्यतिबेला नै ग्रहण गरेको भए राज्यशक्ति र जनशक्तिको संयुक्त प्रयासले नेपाल अहिले संवैधानिक राजसंस्थात्मक व्यवस्था र बहुदलीय संसदीय व्यवस्थाले स्थायित्व पाई मुलुक विकासको पथमा धेरै अगाडि बढिसक्ने थियो ।
बिपीको राष्ट्रिय मेलमिलाप अहिंसावादी राजनीतिक रणनीति थियो । यसैबाट मुलुकले निकास पाइर्Þ संवैधानिक राजतन्त्र र संसदीय प्रजातन्त्रलाई आत्मसात् गरे स्थायित्व प्रदान गर्दथ्यो । अहिले पनि मुलुकमा विभिन्न राजनीतिक पार्टी र शक्तिबिच राष्ट्रिय मेलमिलापको आवश्यकता छ । गत भदौ अन्तिम सातामा भएको जेनजी (युवा समूह) को आन्दोलनले जुन भ्रष्टाचार, अनियमितता, र सुशासनका कुरा उठाएको छ, त्यसलाई वर्तमान अन्तरिम सरकारले पनि सबै दल र समूहसित एकता गरी सम्बोधन गर्नु पर्छ, तब मात्र आउँदो फागुनमा हुने संसदीय चुनाव सम्पन्न
हुन सक्छ ।
बिपीको त्यतिबेलाको राजनीतिक विश्लेषण अहिले पनि सान्दर्भिक छ । करिब ५० वर्षअघिको दक्षित एसियाको मानचित्रलाई अहिलेको अवस्थासित तुलना गर्न सकिन्छ । भारत पाकिस्तान र बङ्गलादेशबिचको तनाव र एकअर्कामाथिको आव्रmमण र प्रत्याव्रmमणले यस क्षेत्रमा डरलाग्दो वातावरणको सिर्जना गरेको छ । अहिले बङ्गलादेशमा हिन्दु धर्मावलम्बीमाथि मुस्लिम समुदायद्वारा भइरहेको ज्यान मार्ने व्रmूरताले विश्व मानवताका लागि कलङ्कको विषय बनेको छ । नेपाल पनि छिमेकी राष्ट्र भएकाले सतर्कता अपनाउन आवश्यक छ । तराई मधेशमा अहिले बङ्गलादेशी तथा बर्माबाट विस्थापित रोहिङ्गा मुसलमानको प्रवेशले त्यहाँको सामाजिक जीवन सङ्कटमा पर्न गएको छ । सप्तरी, सुनसरीलगायतका जिल्ला अहिले हिन्दु र मुसलमानबिचको द्वन्द्वका घटना भएका छन् । यसबाट सतर्क हुनु आवश्यक छ । शरणार्थीका रूपमा आएका यी विदेशी मुसलमानलाई सरकारले सम्बन्धित देशमा पठाउनु नेपालको हितमा हुने छ ।
राष्ट्रिय अस्तित्व र अखण्डताका लागि सबै पार्टी र विचार समूहबिच आपसी राष्ट्रिय एकता तथा मेलमिलाप हुनु अत्यावश्यक छ । यही विचार लिएर बिपीको स्वदेश आगमन भएको थियो । मेलमिलापको नीति सधैँ सान्दर्भिक छ । आज पनि देश सङ्कटबाटै गुज्रिरहेको छ । बिपीले प्रतिपादन गरेका मेलमिलापको सिद्धान्त अनुसार अगाडिको यात्रा तय गर्ने हो भने समस्याको समाधान निस्कने छ ।