• १७ पुस २०८२, बिहिबार

हवाई सुरक्षामा ध्यान दिन निर्देशन

blog

नेपाल नागरिक उड्डयन प्राधिकरणको वार्षिकोत्सव समारोहमा उपस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हालगायत अन्य सहभागी ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले देशभरका विमानस्थलबाट प्रवाह हुने सेवा सुविधामा सुधार ल्याउन निर्देशन दिनुभएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणको वार्षिकोत्सव समारोहलाई बुधबार सम्बोधन गर्दै उहाँले काठमाडौँसहितका विमानस्थलबाट प्रवाह हुँदै आएको सेवा सुविधामा सुधारसँगै हवाई सुरक्षामा पनि विशेष ध्यान दिन निर्देशन दिनुभएको हो ।

उहाँले भन्नुभयो, “म आफँैले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्दा अनुभव सुखद रहेन । एउटा सामान्य यात्रु र पर्यटकको दृष्टिकोणबाट विमानस्थलको सेवा सुविधा अनुभव गर्दा ससाना तर महìवपूर्ण विषयलाई सम्बोधन गर्न आवश्यक देखिन्छ । अबको दुई महिनाभित्र विमानस्थलको सेवा सुविधामा ठोस परिवर्तन ल्याउन प्राधिकरणको ध्यान जान आवश्यक छ ।”

उहाँले देशको समग्र हवाई सुरक्षामा सुधार ल्याउँदै सर्वसाधारणले अनुभूति गर्ने गरी सुधारका काम गरेर निर्वाचनपछि आउने नयाँ सरकारलाई हस्तान्तरण गरेर देखाउन प्राधिकरणलाई आग्रह गर्नुभयो ।

मन्त्री सिन्हाले प्राधिकरणको लेखा व्यवस्थापन र सम्पत्ति अभिलेख, युरोपेली सङ्घको कालो सूचीबाट मुक्त हुने योजनामा समेत अपेक्षित प्रगति नदेखिएको बताउँदै गौतम बुद्ध र पोखराका अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सम्भावना खोज्न अग्रसर हुन निर्देशन दिनुभयो ।

त्यस्तै गरी नेपाल पर्यटन बोर्डको स्थापना दिवसको अवसरमा आयोजित कार्यव्रmममा उहाँले निजी क्षेत्र र सरकार मिलेर पर्यटन विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “सरकार र निजी क्षेत्र मिलेर पर्यटन क्षेत्रको विकास र प्रवर्धनका लागि दुवै निकायबिच सहकार्य, समन्वय र पारस्परिक विश्वासमार्फत अघि बढ्नु पर्छ । 

नेपालका अनुपम प्राकृतिक दृश्य, सांस्कृतिक सम्पदा तथा विश्वव्यापी रूपमा बढ्दो पर्यटन आकाङ्क्षालाई प्रभावकारी ढङ्गले अगाडि बढाउँदै पर्यटन क्षेत्रको विकासमा जोड दिनु पर्छ ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द निरौलाले पर्यटनलाई गुणात्मक, समावेशी र दिगो दिशातर्फ अगाडि बढाउन बोर्ड तिनै तहको सरकारसँग जोडिनु जरुरी रहेको औँल्याउनुभयो । 

बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले सन् २०२५ मा करिब तीन प्रतिशतले पर्यटक वृद्धि भएको बताउँदै पर्यटन प्रवर्धनका लागि सन् २०२५ भित्र ३१ वटा टुरिजम मार्ट, १२ वटा ब्रान्डिङ तथा कर्पोरेट गतिविधि, २० भन्दा बढी ‘माइस’ (व्यावसायिक गतिविधिसम्बन्धी) कार्यव्रmम सम्पन्न भएको जनाउनुभयोे ।