• १६ पुस २०८२, बुधबार

सप्तरीका पत्रकार झालाई मातृशोक

blog

स्व. चन्द्रादेवी झा

देवराम यादव
सप्तरी, पुस १६ गते ।
नेपाल पत्रकार महासङ्घ सप्तरीका पूर्व सभापति एवम् प्रेस स्वतन्त्रता सेनानी पत्रकार वैद्यनाथ झालाई मातृशोक परेको छ । सप्तरीको  राजविराज ७ निवासी झाकी ९५ वर्षीया आमा चन्द्रादेवी झाको मङ्गलबार साँझ ५ः३० बजे निधन भएको हो ।

चन्द्रादेवीको आफ्नै निवासमा निधन भएको पत्रकार झाकाे परिवारले जनाएको छ । स्वर्गीय झाको बुधबार जातीय परम्परा अनुसार अन्त्येष्टि गरिने बताइएको छ । स्वर्गीय झाका एक छोरा र पाँच छोरी हुनुहुन्छ ।