तनहुँ, पुस १६ गते । बन्दीपुर, तनहुँ बन्दीपुर–६, खहरेटारस्थित मिलिजुली युवा क्लबले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा गोरखापत्रकर्मी अमरराज नहर्कीलाई सम्मान गरेको छ ।
‘तमु ल्होसार सांस्कृतिक कार्यक्रम एवम् मिलिजुली कप–२०८२’ को पावन अवसरमा आयोजित गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उद्घाटनको उपलक्ष्यमा मङ्गलबार उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो । पत्रकार नहर्कीले क्लबका सम्पूर्ण गतिविधिलाई समाचारका माध्यमबाट सम्प्रेषण गरी प्रचार–प्रसारमा पुर्याउनुभएको महत्त्वपूर्ण योगदानको उच्च मूल्याङ्कन गर्दै क्लबले उहाँलाई ‘सम्मान–पत्र’ द्वारा सम्मान गरेको हो ।
कार्यक्रमको प्रमुख अतिथि बन्दीपुर गाउँपालिकाकी उपाध्यक्ष पञ्चमाया गुरुङ, क्लवका अध्यक्ष रामबहादुर गुरुङ, सचिव जितबहादुर थापा र कार्यक्रम संयोजक सिद्धबहादुर थापा (सिद्धान्त) ले सयुक्त, रुपमा सम्मानपत्र प्रदान गर्नुभयो । पुस १५ देखिसुरु भएको प्रतियोगिता २० गतेसम्म सञ्चालन हुने क्बलले जनाएको छ ।
पत्रकार नहर्कीले थुप्रै मान सम्मान पाइसक्नुभएको छ । उहाँले नेपाल पत्रकार महासङ्घ, शिक्षा मन्त्रालयको शिक्षा विभागद्वारा संयुक्त रुपमा प्रदान गर्ने प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार– २०७२, शिक्षा लेखनवृत्ति पुरस्कार–२०७०, तरुण पत्रकारिता पुरस्कार, व्यास विकास पत्रकारिता पुरस्कार, एपिक मोफसल पत्रकारिता पुरस्कार, जयप्राप्ति मोफसल पत्रकारिता पुरस्कार लगायत थुुप्रै पुरस्कार तथा मान सम्मान पाइसक्नुभएको छ । नहर्की नेपाल प्रेस युनियन तनहुँको निर्वतमान अध्यक्ष हुनुहुन्छ । नहर्की दुई दशक अघिदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ ।