• १७ पुस २०८२, बिहिबार

बाँच्न नजान्नेको कथा

blog

लेखनाथ समाचारदाता

लेखनाथ, पुस १७ गते । “मानिसले मर्न जान्नु पर्छ । जुन जाति मर्न जान्दछ, बाँच्न पनि त्यसैले जानेको हुन्छ,” कथाकार गुरुप्रसाद मैनालीले आफ्नो चर्चित कथा ‘सहिद’ मा लेख्नुभएको छ । ‘मर्न जान्नु’ भनेको देश, मानवता, स्वाभिमान र न्यायका लागि योगदान वा बलिदान गर्नु हो । मादकपदार्थ, लागुपदार्थ दुव्र्यसनी भई अपराधमा संलग्न हुनु र जीवन समाप्त गर्नु बाँच्न नजान्नु हो ।

यही विषयमा बाँच्न नजान्ने निम्न मध्यमवर्गीय परिवारको पीडा उजागर गर्ने नाटक ‘मृत्यु यस्तो हुनु हुँदैन’ पोखरामा प्रदर्शनको तयारीमा छ । नाटकका कलाकार अहिले रिहर्सलमा व्यस्त छन् । पद्माप्रेम थिएटरको प्रस्तुतिमा सावित्रा पाठक (सबु) ले नाटकलाई लेख्नुभएको हो ।

नाटकलाई पञ्चसुब्बा गुरुङ र शीतला अधिकारीले निर्देशन गर्दै हुनुहुन्छ । नाटकमा अभिषेक भुसाल, शीतला अधिकारी, रोशनी रामदाम, जय चापागार्इं, प्रतिभा गुरुङलगायतको अभिनय रहने छ । पोखरा नाटकघरमा यो नाटक पुस २४ देखि २६ गतेसम्म पाँच सो मञ्चन हुँदै छ ।