• १७ पुस २०८२, बिहिबार

‘एक जोर आँखा’ सार्वजनिक

blog

काठमाडौँ (गोरखापत्र), पुस १७ गते । कथाकार सुलोचनाको ‘एक जोर आँखा’ सार्वजनिक भएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा पारिवारिक र प्रेम सम्बन्धका रिल र टिकटक बनाएर चर्चामा रहनुभएकी सुलोचनाको कथासङ्ग्रह एक कार्यव्रmमबिच सार्वजनिक गरिएको हो । कार्यव्रmममा कथाकार सुलोचनाले आफ्नो पुस्तक भुइँमान्छेले देखेको तर अझै साकार हुन बाँकी रहेको मिठो सपना भएको बताउनुभयो ।  

सुलोचनाकी छोरी आभाले आमाको प्रेरणाबाट आफूले पनि लेख्ने गरेको बताउनुभयो । पुस्तक विमोचन समारोहमा कवि शार्दूल भट्टराई, अविनाश श्रेष्ठ, घिमिरे युवराज, पुस्तक प्रकाशक राजेश गजुरेललगायतलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । पुस्तक न्युरोड बुक स्टोर, काठमाडौँले प्रकाशनमा ल्याएको हो ।